गोरु काटेका आरोपमा २ पक्राउ

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७८
goru katne pakrau

पोखरा । पोखरा १९ पीपलडालीबाट गोरु काटेको आरोपमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १८ लामागाउँका ८४ वर्षीय वीरबहादुर तामाङ र सोही वडाको धारापानीका ५० वर्षीय गंगाबहादुर गुरुङ छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनीहरुको साथबाट गोरुको टाउको, मासु र मासु काट्न प्रयोग गरिएको हतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । पक्राउ परेकालाई पशुपंक्षीसम्बन्धी कसुरअन्तर्गत जिल्ला अदालत कास्कीबाट ८ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रनाउ हमालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width