बलेवा । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका एक पुरुष केही वर्षदेखि एचआइभी एड्सविरुद्धको औषधि प्रयोग गरिरहेका छन् । आफूमा संक्रमण रहेको पुष्टि भएपछि उनले धौलागिरि अस्पतालको एआरटी सेन्टरमार्फत औषधि खान शुरु गरेका हुन् । औषधिको प्रयोगले उनको स्वास्थ्य त सुधार भएको छ तर आफू संक्रमित भएको समाजले थाहा पाउला कि भन्ने त्रासले भने उनलाई पिरोलिरहन्छ ।
सामान्य समयमा विभिन्न बहानामा बागलुङ बजार आउने र गोप्य रुपमा एआरटी सेन्टर पुगेर औषधि लिने उनलाई अघिल्लो वर्षको बन्दाबन्दी समयमा सबैभन्दा धेरै समस्या भयो । एक दिन पनि छुटाउन नहुने औषधि बन्दाबन्दीका कारण लिन पाइएन भने समस्या बल्झेला भन्ने त्रासमा उनी थिए ।
‘खुलेर हिँड्न समाज बदलिएको छैन्, महामारीको समयमा गोप्य रहन निकै कठिन हुँदोरहेछ’, उनले भने ‘सामाजिक बहिष्करणको त्रासमा हामी संक्रमित छौं, एचआइभी संक्रमण सामान्य समस्या हो भन्ने चेतनाको अभाव छ ।’ उनी जस्तै जिल्लाभर रहेका सबै संक्रमितले सो महामारीका समयमा निकै कष्टकर दिन बिताए ।
कोरोना महामारीको दोस्रो लहर जिल्लाभर फैलिरहेको छ । एचआइभी तथा यौन रोगका बिरामीलाई महामारीका समयमा थप कठिन हुने देखिएको छ । ‘संक्रमितहरुप्रति सबै सचेत र जिम्मेवार बन्नु जरुरी छ तर हामीले सामाजिक चेतना पु¥याउनमा ध्यान दिएनाँैं’, धौलागिरि अस्पतालमा रहेको एआरटी सेन्टरका इन्चार्ज प्रदीप आचार्य भन्नुहुन्छ, ‘कोरोना संक्रमितको उच्च खतरामा संक्रमितहरु छन्, उनीहरुलाई जोगाउनु, जीवनरक्षा गर्नु मुख्य चुनौतीको विषय हो ।’
कोरोनाको उच्च जोखिममा रहेर पनि खुलेर आफ्नै रक्षाका लागि आवाज उठाउन नपाएको संक्रमितहरुको गुनासो छ । वृद्ध, बालक र अन्य बिरामीलाई जोगाउन सरकारले सचेतना अभियान चलाए पनि आफूहरुका विषयमा कहीँकतै आवाज नउठेको संक्रमितको गुनासो छ ।
उनीहरुलाई जोखिमबाट बचाउनका लागि आचार्य आफैँले घरघरमा औषधि पु¥याउने गर्नुभएको छ । वर्षाको हिलो होस् वा हिउँदको धुलो, आचार्यले व्यक्तिगत सवारी साधन प्रयोग गरेर बिरामीका घरघरमा औषधि पु¥याइरहनुभएको छ । ‘अन्य मानिसहरुभन्दा एचआइभी तथा यौन रोग संक्रमितहरु खतरामा हुन्छन्’, आचार्य भन्नुुहुन्छ ‘कठिन समयमा सरसफाइ खानपानमा ध्यान दिएर सुरक्षित रहन भनेको छु ।’
बागलुङमा ३८६ एचआइभी संक्रमित छन् । उनीहरुले गोप्य रुपमा एआरटी सेन्टरबाट औषधि प्रयोग गर्दै आएका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या हजारौंँमा गन्न मिल्ने अवस्थामा पुग्दा पनि एचआइभी संक्रमितलाई जोगाउन सकिएको आचार्यले बताउनुभयो । ‘यसै पनि शरीरको प्रतिरक्षात्मक क्षमता कमजोर हुन्छ, कोरोनाको संक्रमणबाट जस्तोसुकै अवस्थामा जोगिनु पर्छ’, आचार्य भन्नुहुन्छ ‘संक्रमित निर्धक्क खुलेर आफ्नो सुरक्षा आफैँ गर्ने वातावरण समुदायमा बन्दा मात्रै पनि निकै सजिलो हुने थियो ।’ संक्रमितका लागि स्थानीय सरकार र स्वास्थ्य संस्थाले पनि आफ्नातर्फबाट हुन सक्ने सहयोग गर्नुपर्ने उनीहरुको माग छ । रासस
—
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१