काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल लगाउनका लागि छलफल सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण उच्च गतिमा फैलिएकाले त्यसालाई रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य संकटकालको आवश्यक देखिएको बताए।
उनले सोही विषयमा निर्णय गर्न स्वास्थ्य मन्त्रालय तथा मन्त्रिपरिषद्मा छलफल सुरु गरिएको बताए। उनले भने, ’संकटकालका लागि छलफल सुरु भएको छ। तर, कहिलेदेखि लागू गर्ने? के–के गर्ने भन्ने अहिल्यै एकिन भएको छैन।’
यसअघि नै स्वास्थ्य संकटकाल लगाउन नेपाल चिकित्सक संघले विज्ञप्तिमार्फत आग्रह गरिसकेको छ।
के हुन्छ स्वास्थ्य संकटकालमा ?
प्रवक्ता गौतमका अनुसार स्वास्थ्य संकटकालको समयमा सरकारले निजी क्षेत्रका संरचना (अस्पताल, होटल, पार्टीप्यालेस वा अन्य भवन) सामुदायिक संरचना तथा सम्पति अस्थायी रुपमा समय तोकेर प्रयोग गर्न पाउँछ। कून संरचना, बस्तु वा सेवा कति प्रयोग गर्ने भन्ने सरकारको मातहातमा रहन्छ।
त्यस्तै सरकारले आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न चाहेमा छोटो तरिकाबाट गर्न पाउँछ, लामो तथा टेण्डरको प्रकृयामा नगई स्वास्थ्य सामग्री सिधै खरिद गर्न पाउँछ।
प्रवक्ता गौतमले भने, ‘आजै संकटकाल लगाउने भन्ने कुरा होइन यस विषयमा छलफल भइरहेको छ।’
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
hero news full width
मुख्य समाचार
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१