पोखरा । पोखरामा आइतबार अहिलेसम्मकै बढी संख्यामा कोरोना पोजेटिभ देखियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा ३ सय ६८ जनामा कोरोना संक्रमण भएको पुष्टि भयो । पछिल्लो समय कास्कीको पोखरा महानगरपालिकामा दिन दुईगुना रात चौगुनाको दरमा वृद्धि भइरहेको छ ।
कोरोना नियन्त्रण र संक्रमितको उपचारमा भने कास्कीका स्थानीय तहहरु केही तयारी र धेरै ठूला अस्पतालकै भर परेर बसिरहेका छन् । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेल अझै पनि आफूहरु तयारीमै रहेको बताउँछन् । ‘अहिलेको अवस्था भनेको टेस्टिङ र ट्रिटमेन्ट हो,’ उनले भने, ‘नयाँ संक्रमितलाई आइसोलेट गर्नका लागि हामी अगाडि बढिरहेका छौं ।’ आइसोलेसनका लागि पोखरा ३३ मा ६६ बेड र मालेपाटनमा ४६ बेडको तयारी भइरहेको स्वास्थ्य महाशाखा प्रमुख पौडेलले जानकारी दिए ।
आइसोलेसनमा अक्सिजनमात्र राखेर भएन, ट्रिटमेन्टका सबै सामान राख्नुप¥यो, साहै्र क्रिटिकल केस आयो भने हस्पिटल रिफर गर्ने हो
‘यी २ ठाँउमा फेरि आइसोलेसन सञ्चालन गर्ने तयारीमा हो,’ पौडेलेले भने, ‘समुदायमा बनाउन मिल्ने संरचनाबारे पनि सोचिरहेका छौं ।’ संक्रमणको दर बढिरहेको अवस्थामा सरकारले मात्र गरेर सम्भव नहुने उनको भनाइ छ । यो अवस्थामा नागरिक सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने उनको धारणा छ । पोखरा महानगरमा आइतबारसम्म १४ सयको हाराहारीका सक्रिय संक्रमित रहेको उनले जनाए । तीमध्ये करिब १ सय जना अस्पतालको आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमै छन् । ‘नगरपालिकाले बनाउने आइसोलेसनमा सबै किसिमका तयारी गर्न लागिएको छ । ‘आइसोलेसनमा अक्सिजनमात्र राखेर भएन, ट्रिटमेन्टका सबै सामान राख्नुप¥यो,’ उनले भने, ‘हामीले प्रयास गरिरहेका छौं, साहै्र क्रिटिकल केस आयो भने हस्पिटल रिफर गर्ने हो ।’
कास्कीको मादी गाउँपालिकामा ३१ जना सक्रिय संक्रमित छन् । उनीहरु सबै होम आइसोलेसनमा सुरक्षित साथ बसेको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । कोरोना संक्रमण नियन्त्रणका लागि सचेतनाका लागि घरदैलो अभियानदेखि समूहमा गरिने सबै काम गर्न रोक लगाएको उनी बताउँछन् । होमआइसोलेसनमा बसेका संक्रमितहरुमा कुनै समस्या नरहेको बताउँदै केही समस्या आइपरेमा थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा १५ बेड तयारी अवस्था राखिएको छ । गाउँपालिकाले तयार गरेर राखेको उक्त केन्द्रमा ६ वटा अक्सिजन सिलिन्डरसहित १ एम्बुलेन्स र स्वास्थ्यकर्मी तैनाथी अवस्थामा राखेको उनी बताउँछन् ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको सबैभन्दा पहिलो तयारी भनेकै होम आइसोलेसन भएको गाउँपालिकाका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले बताए । होम आइसोलेसनमा बस्न नसक्ने अवस्था भएकालाई पालिकाले स्वास्थ्य चौकीमा ५ बेड तयार गरेको छ । त्यहाँ पालिकाकै पहलमा कर्मचारी व्यवस्थापन गरेको उनको भनाइ छ । ‘हामीले कर्मचारी व्यवस्था गरेर स्ट्यान्डबाइ राखेका छौं,’ उनले भने, ‘यदि अक्सिजन नै लगाउनुपर्ने अवस्था आयो, भने हामीले रिफर नै गर्ने हो, हामीसँग केही उपाय छैन यहाँ ।’ अन्नपूर्ण गाउँपालिकामा अहिले १० जना सक्रिय संक्रमित रहेको र उनीहरु होमआइसोलेसनमा बसिरहेको पौडेलले बताए ।
माछापुच्छ्रे गाउँपालिकामा २ हप्ता अगाडि भ्रमण गएर फर्केकालाई कारोना संक्रमण भएको भए पनि अहिले स्थानीयमा कोरोना नदेखिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए । तर केही दिन अगाडि मात्र गाउँपालिकाकै स्वास्थ्य शाखामा काम गर्ने कर्मचारीमा पाजेटिभ देखिएको उनले स्पष्ट पारे । कोरोनाको दोस्रो भेरियन्ट नियन्त्रणका लागि गत वर्ष नै बनाएको उपाय अपनाएको छ । आजभन्दा ४ महिना अगाडि नै १५ बेड तयार भएकाले त्यसैलाई आइसोलेसन बनाउने तयारी रहेको उनले जनाए ।
कास्कीको स्थानीय तहमा रुपा गाउँपालिका अरुभन्दा निकै व्यवस्थित तयारीमा रहेको छ । रुपामा अहिले १ जनामात्र सक्रिय संक्रमित छन् । उनलाई गाउँपालिकाको स्वास्थ्य कर्मचारीको निगरानीमा राखिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । पालिकाले कोरोना नियन्त्रणका लागि सबैभन्दा पहिला विद्यालयका विद्यार्थीमा अनि टोल टोलमा सचेतनाका काम गरेको उनको भनाइ छ । पालिकाको आफ्नै क्वारेन्टाइन नभए पनि टोल टोलमा टोल विकास संस्थाले क्वारेन्टाइनमा राख्ने गरेको छ ।
‘टोल विकासले क्वारेन्टाइनमा राखेकालाई पालिकाले निगरानी गर्छ,’ उनले भने, ‘हरेक टोलमा हाम्रो १ जना जनप्रतिनिधि इन्चार्ज छन्, अहिले अनि स्वास्थ्य, सुरक्षा र टोल विकासका कर्मचारी १ एकजनासहितको समितिले काम गरिरहेको छ । आइसोलेसनका लागि अक्सिजनसहित १६ बेडको अस्पताल तयारी अवस्थामा राखिएको उनले बताए । अलि नाजुक अवस्था नै आएको खण्डमा ठूला अस्पताल रिफर गर्ने ओझाले बताए ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१