हेमजा । कोरोना भाइरस (कोभिड १९)को बढ्दो संक्रमणलाई ख्याल गर्दै पोखरास्थित विन्ध्यवासिनी मन्दिरमा बेहुला, बेहुलीबाहेक बढीमा ४ जना जन्ती सहभागी गराई बिहे गर्न थालिएको छ ।
वैैशाख ९ गतेदेखि यस्तो नियम बसालिएको हो । त्यसैमाथि स्वास्थ्य मापदण्ड भने पूर्ण पालना गर्नुपर्नेछ । बढ्दो संक्रमणका कारण मन्दिर परिसर बन्द गरिएको भए पनि वैशाख लगनको महिना परेकाले बाध्यकारी अवस्थामा १५÷२० मिनेटभित्रै बिहे सक्ने गरी व्यवस्थ्था गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यालय सचिव नवराज तिमिल्सिनाले जानकारी दिए ।
‘कसैले बोलाएर होइन, बिहे गर्ने भनेर गेटमा आइहाल्नुहुन्छ, मन्दिर बन्दबारे सूचना हेर्ने र जिंगल पनि सुन्नुहुन्छ तर अन्त्यमा फोन गरेर जसरी पनि बिहे गराइदिनु पर्यो भन्दै अनुनय विनय गर्नुहुन्छ,’ तिमिल्सिनाले सुनाए ।
बरु मन्दिरमा थोरै जान्छौं, जसरी भए पनि बिहे गर्नैपर्ने छ भन्दै विभिन्न परिस्थिितिजन्य घटना सुनाएर आग्रह गरेपछि मानवीय र धार्मिक दुबै हिसाबले छोटो समयमा विवाह गरिदिने गरेको उनले स्पष्ट पारे ।
स्याङ्जा अर्जुनचौपारीका विशाल रोका र पोखरा २६ की एलिसा रानाभाटबीच शनिबार विवाह सम्पन्न भयो । मन्दिरमा सामान्य अवस्थामा लगनका बेला दैनिक ५०/६० जोडीको बिहे हुने गर्दथ्यो । तर अहिले भने छिटपुटमात्रै हुँदै आएको छ । नित्य पूजाआजा भने रोकिएको छैन । पण्डित र कर्मचारी गरी कुल ३५ कार्यरत रहेकोमा यसबीचमा कसैलाई पनि बिदा दिइएको छैन ।
बढ्दो संक्रमणका कारण मन्दिर बन्द गरिएपछि मर्मतको काम भने सुरु गरिएको छ । जसअन्तर्गत यतिबेला पूर्वपट्टिको सिँढीमा टिपकार लगाउने, बगैंचा सफा गर्ने र मन्दिरको दक्षिणतर्फ पोखरा बागलुङ राजमार्ग स्तरोन्नति गर्दा भत्किएको शौचालय र बाथरुम फेरि निर्माण भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१