पोखरा, १६ वैशाख । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्टसहितको संक्रमण फैलिरहँदा त्यसको न्यूनीकरणको लागि जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाका कारण पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ स्थगित भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले २० वैशाखमा ७ विधामा अवार्ड वितरण गर्ने कार्यक्रम अन्तिम चरणमा पुर्याएको थियो ।
तर जिल्ला प्रशासन कार्यालय कास्कीले १५ देखि २१ वैशाखसम्म जिल्लामा निषेधाज्ञा जारी गरेकोले मञ्चको बिहीबार बसेको बैठकले अवार्ड समारोह पछि मिति तय गर्ने गरी स्थगित गर्ने निर्णय गरेको मञ्च अध्यक्ष एकराज गिरीले जनाए ।
मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई नगदसहित अवार्ड वितरण गर्ने महासचिव विजय नेपालले बताए । तीमध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको उत्कृष्ट ३ मनोनयन सूची सार्वजनिक भैसकेको छ ।
साथै, यस विषमपूर्ण अवस्थामा सम्पूर्ण खेल पत्रकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षितसाथ सञ्चारकर्ममा लाग्न र सम्पूर्ण मिडिया हाउसलाई पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सुरक्षितरुपमा पत्रकारलाई काम गर्ने वातावरण मिलाउन आग्रह समेत गरिएको छ।
Related News
सम्बन्धित समाचार
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता
हिसानको फुटसल सुरु
अली मियाँ फुटबल जारी
आहा रारामा ११ टिम टुंगो
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१