स्याङ्जा । समाजसेवी बोधबहादुर र पूर्णशिला घर्तीको स्मृति स्मारक अनावरणसहित स्मृति संग्रह विमोचन गरिएको छ । दिवंगत बाबा आमा बोधबहादुर र पूर्णशिला घर्तीको स्मरण गर्दै उनका छोराछोरीद्वारा स्थापित स्मृति स्मारक अनावरणसहित स्मृति संग्रह विमोचन गरिएको हो ।
पुतलीबजार नगरपालिका १० घडेरीमा स्थापित स्मृति स्मारक जेठी छोरी माया घर्ती र जेठी बुहारी खगीसरा घर्तीले अनावरण गरेका हुन् ।
यसैगरी संघर्षका प्रतिमूर्ति बोधबहादुर घर्ती स्मृति ग्रन्थ स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारी, वडाध्यक्ष दुर्गाबहादुर शाह र साइला छोरा श्रीप्रसाद घर्तीलगायतले विमोचन गरेका छन् ।
ग्रन्थ विमोचनपछि अध्यक्ष अधिकारीले संसारमा आफ्ना बाबा आमाभन्दा ठूलो कोही पनि नहुने बताउँदै बाँचुञ्जेल बाबा आमाको सेवा र मृत्युपछि उनीहरुका योगदान स्मरण गर्नु सबैभन्दा महान् कार्य भएको बताए । इतिहासको मूल्यांकन गर्दै आउँदा पुस्ताले यस महान् कार्यलाई निरन्तरता दिन अध्यक्ष अधिकारीले सुझाए ।
कार्यक्रममा वडाध्यक्ष दुर्गाबहादुर शाह, पत्रकार महासंघ स्याङ्जाका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, नागेश्वरधाम धार्मिक एवं पर्यटकीय क्षेत्र विकास समिति अध्यक्ष अनन्तनारायण अर्याल, इन्जिनियर नारायण खवास, समाजसेवी दिनेश अर्याल, हरिप्रसाद पराजुली, पण्डित श्यामप्रसाद रेग्मी, धनबहादुर खवास लगायतले घर्ती परिवारको सामाजिक जीवनको संघर्ष र योगदानको चर्चा गर्दै सुयोग्य बाबा आमाको योग्य सन्तानले इतिहास रच्ने काम गरेको उल्लेख गरे ।
माइला छोरा मुक्तिप्रसाद घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कमल घर्तीले गरेका थिए ।
विसं. १९६० मंसिर १५ गते आमा बाटुली र बाबा चामबहादुर घर्तीको जेठा सन्तान बोधबहादुर घर्तीको ७५ वर्षको उमेरमा २०३५ सालमा निधन भएको थियो । घर्तीका ३ श्रीमती ५ छोरा,४ छोरी र दर्जनौं नाति नातिनी छन् । पूर्णशिला माहिली श्रीमती हुन् । उनको पनि ९९ वर्षको उमेरमा करिब ६ वर्षअघि निधन भइसकेको छ । जेठा छोरा मोतिप्रसाद घर्ती र कान्छा छोरा चन्द्र घर्तीको पनि निधन भइसकेको छ ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
hero news full width
मुख्य समाचार
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१