पोखरा । नेपाली कांग्रेस पोखरा २५ इकाइले पोखरा २५ वडा कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । हेमजाबासीका समस्या तत्काल समाधान गर्न वडा कार्यालयलाई ज्ञापनपत्र बुझाइएको नेका हेमजा इकाइ सभापति मधुसुदन त्रिपाठीले जानकारी दिए ।
इकाइ सभापति त्रिपाठी र सहसभापति दानबहादुर थापाले पोखरा २५ हेमजाका कार्यवाहक अध्यक्ष दलबहादुर कुँवर र वडा सदस्य जितबहादुर कार्कीलाई ज्ञापनपत्र हस्तान्तरण गरे ।
धेरै विकासका सम्भावना भएको यस वडामा आम हेमजावासीले अपेक्षा गरे अनुरुपको विकास र सुविधाबाट बञ्चित भएकोमा तत्काल सुधार गर्न ज्ञापनपत्रमार्फत आग्रह गरिएको हो ।
स्थानीय तहको निर्वाचनपश्चात् वडाबासीले जनप्रतिनिधिबाट जुन आशा, इच्छा र आकांक्षा लिएका थिए सो हुन नसकेको भन्दै विकासका पूर्वाधारलाई प्राथमिकता दिन माग गरिएको छ ।
ज्ञापनपत्रमा घर जग्गा र अन्य कर, फोहोर मैला व्यवस्थापन, खानेपानी, सडक÷ पुलका काम आम हेमजाबासीले सास्ती खेप्न परेको गुनासो आएकाले अबिलम्ब समाधान गर्न आग्रह गरिएको छ ।
लक्षितवर्ग कार्यक्रम पारदर्शी नभएको र आफन्तलाई मात्र वितरण गर्ने मनसाय राखेको भन्दै सुधार्न माग गरिएको छ । नक्सा पास, निर्माण सम्पन्न प्रमाण, विभिन्न सिफारिसपत्र आदिको लागि सेवाग्राही छिटो छरितो सेवा दिनुपर्ने माग गरिएको छ ।
निर्वाचित प्रतिनिधिहरू विकास निर्माणमा संलग्न भई नीतिगत निर्णय गर्नुपर्ने र जनताका समस्या समाधान गर्न बढी क्रियाशील हुनुपर्नेमा सो नदेखिनु, वडाभित्र रहेका वास्तविक सुकुम्बासीहरूको पहिचान गरी उनीहरूको आधारभूत माग सम्बोधन गर्न पहल गर्नुपर्ने र फाराम भर्न छुटपुट भएकालाई अविलम्ब प्रक्रियामा लैजानुपर्ने, यस वडामा अत्यन्त कम बजेट विनियोजन भएको देखिएकाले वडामा बजेट पार्न वडा प्रमुखले विशेष पहल गरी थप बजेटको व्यवस्था गर्न सुझाइएको छ । सुईंखेत खोलाका नदीजन्य सामग्रीहरु वडाले आफ्नो मनोमानी ढंगबाट आफूखुसीका मानिसलाई उपलब्ध गराएको भन्ने जनगुनासो आएकोले यसलाई अबिलम्ब रोक्न आग्रह गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै कार्यवाहक अध्यक्ष दलबहादुर कुँवरले वास्तविक समस्या पहिचान गरी जनप्रतिनिधिलाई काम गर्न सहज बनाएको बताउँदै यी साझा समस्यालाई हल गर्न वडा कार्यालय प्रतिबद्ध भएको बताए ।
अनुगमन समिति संयोजक दानबहादुर थापा, सदस्य सचिव मोतिराज तिमिल्सिना, तथा सदस्यहरु नीलकण्ठ पौडेल, दयाराम बास्तोला, दानबहादुर भुजेल, नरबहादुर सापकोटा, नारायणबहादुर कुँवर, दीपकबहादुर थापा, मैयाँ सापकोटा, भीमप्रसाद श्रेष्ठ र गणेशप्रसाद अधिकारी थिए ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१