लमजुङ । लमजुङमा आयोजना गरिएको ठाडोभाकाको दोस्रो संस्करणको प्रतियोगिताको उपाधि सावित्री शाही र मानसिं दुराले हात पारेका छन् । मध्यनेपाल नगरपालिका ७ का सन्तबहादुर गुरुङ र सुकमाया विकको समूह दोस्रो, सुन्दरबजार नगरपालिका ९ भोटेओडारका धनबहादुर गुरुङ र बुद्धिमाया गुरुङ तेस्रो भए । दोर्दी गाउँपालिका ७ का गजबहादुर गुरुङ र सोही गाउँपालिकाका काली पाख्रिनको टोलीले सान्त्वना स्थान हासिल गरेका छन् ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङको आयोजनमा दार्दी गाउँपालिका ६ को कीर्तिपुरबेसीमा भएको प्रतियोगितामा १५ समूह सहभागी भएको आयोजक समिति सदस्य संजोग लामिछानेले बताए । प्रतियोगितामा पहिलो हुने टोलीले २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र सान्त्वना हुनेले ३ हजारका साथमा प्रमाणपत्र प्राप्त गरे ।
विजयीलाई दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घले, दोर्दी ६ का अध्यक्ष नवराज घले, आयोजक संस्थाका संरक्षक एवं ठाडो भाकाका नायक बुद्धिमान दुरा ‘धम्पु’ र अध्यक्ष नवराज पहाडीले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
यस वर्षको प्रतियोगितामा २७ वर्षकी शाही पहिलो हुनुले नयाँ पुस्तामा पनि यो गीत हस्तान्तरण हुन थालेको प्रतीत भएको संस्थाका अध्यक्ष नवराज पहाडीले बताए ।
‘कोभिडविरुद्धको खोप लगाउन सुरु भएपछि परम्परा जोगाउने उद्देश्यले हिम्मत ग¥यौंं,’ आयोजक समिति अध्यक्ष नवराज पहाडीले भने, ‘सहभागी टिम, सहयोगी संस्था र दर्शकले पनि साथ दिएकाले प्रतियोगिता भव्य बनाउन सफल भएका छौं ।’
२०७६ सालदेखि सुरु भएको प्रतियोगिता गत वर्ष कोरोना जोखिमका कारण स्थगित गरिएका थियो । २०७८ सालमा भएको भए पनि यो २०७७ सालको प्रतियोगिता भएको भन्दै अध्यक्ष पहाडीले २०७८ सालमा अर्को प्रतियोगिता गरिने बताए ।
१० जना सम्मानित
यसैबीच स्रष्टा, सामाजिक अभियन्ता १० जनालाई सम्मान गरिएको छ । ठाडोभाका लोककला प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’लाई ठाडोभाका महानायकको उपाधिबाट सम्मान गरियो । इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेललाई ठाडोभाका–कृष्णकुमारी ढुंगाना स्मृति पुरस्कार अर्पण गरिएको छ । उक्त पुरस्कारको राशि नगद १० हजार ५ रुपैयाँ, दोसल्ला र सम्मान पत्र छ ।
यसैगरी मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ र दोर्दी ५ खानीगाउँ स्थित होमस्टेसहित रक गार्डेनका परिकल्पनाकार कामसार्की गुरुङ र ७० वर्ष माथिका गायक गायिकाहरु जितसुब्बा दुरा, उनकी श्रीमती हस्तमाया दुरा, लक्ष्मी गुरुङ, मीनबहादुर गुरुङ, धर्मसिंह गुरुङ र गणेश गुरुङ छन् ।
प्रतिष्ठानले ठाडोभाकाकी अग्रज गायिका नन्दमाया दुरालाई ‘ठाडोभाका साम्राज्ञी’को उपाधिसहित सम्मान गरेको छ ।
संस्थाका उपाध्यक्ष शोभा थापाको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको समापन कार्यक्रम सल्लाहकार नरेन्द्रराज ढुंगानाको अध्यक्षतामा भएको थियो । प्रतियोगिताको उद्घाटन संविधान सभाका अध्यक्ष एवम् प्रतिष्ठानका सल्लाहकार जमिन्द्रमान घलेले उद्घाटन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गजलकार एवं गीतकार प्रकट पगेनी गम्भीर बिरामी
पत्रकार पौडेलको ‘दिलमा रोप्यौ तिर’ सार्वजनिक
पाइन खबर साँझमा हरिदेवीका गीत
बहिष्कार चेतावनीपछि एलिनाको आत्मालोचना
बहिष्कार चेतावनीपछि एलिनाको आत्मालोचना
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१