पोखरा । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले तोकिएकै मितिमा युनियनको अधिवेशन गर्ने दाबी गरेका छन् ।
प्रेस युनियन कास्कीले पोखरामा बिहीबार आयोजना गरेको समीक्षा कार्यक्रममा उनले पटक पटक स्थगित भएको अधिवेशन जेठ १३ र १४ गते गराउन आफू आतुर रहेको बताए । अधिवेशनको मिति तोकिए पनि स्थान नतोकिएको कारण केही दिनमा बस्ने केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने जानकारी दिए । आफू अधिवेशन सार्ने पक्षमा नभएको भन्दै कोरोना संक्रमण बाधक भए केही समय कुर्नुपर्ने उनले तर्क गरे ।
उनले हालै भएको नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रको निर्वाचनमा ९९ प्रतिशत परिणाम युनियन गठबन्धनमा आएको दाबीसमेत गरे । उनले महासंघको नेतृत्वमा पुगेका साथीहरुले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका पक्षमा काम गर्नेुपर्ने बताए । उनले प्रेस स्वतन्त्रताका पक्षमा कसैसँग सम्झौता नगर्न निर्वाचित पदाधिकारीलाई सुझाव दिँदै युनियनले सदा प्रेस स्वतन्त्रता र श्रमजीवीको हकहितमा खबरदारी गरिरहने स्ष्पष्ट पारे ।
निर्वाचनका बेला गठबन्धन बनाएर निर्वाचनमा गए पनि अबका ३ वर्ष सबै पत्रकारका हकहितका बारेमा काम गर्न नवनिर्वाचित समितिलाई आग्रह गरे ।
प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रीय सदस्य जयसिंह केसी, केन्द्रीय सदस्य सरीता तिमिल्सिना पंगेनी, ऋषिकान्त पौडेल, युनियन कास्कीका सल्लाहकार गगांघर पराजुली, शिरोमणि बराल, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, युनियन कास्की उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, उपाध्यक्ष रविना आले, सचिव प्रदीप पौडेल, हरि पन्त, कमल पौडेल अथक, परशुराम शर्मा लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
ज्येष्ठ नागरिक समाजबाट सम्मान
प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१