दमौली। भीमाद नगरपालिका ८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले सेवाग्राहीलाई कुटपिट गरेका छन् । हकवालाको सिफारिस लिन पुगेका सोही वडाका चिरञ्जीवी खनाललाई वडाध्यक्ष श्रेष्ठले कुटपिट गरेका हुन् ।
सेवाग्राहीसँग हातपात भएको तस्बिर र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । वडाध्यक्ष श्रेष्ठले आफूमाथि हातपात भएपछि प्रतिवाद गरेको प्रतिक्रिया दिएका छन् ।
सेवाग्राही खनाल एकल महिला आफ्नी सानीआमाको निधनपछि हकवालाको सिफारिस लिन गएका थिए । अनुगमनमा निस्केका श्रेष्ठ भएको ठाउँमा सिफारिस लिन जाँदा खनालले दाबी गरेको जग्गामा एक असहाय महिलाको घर रहेको भन्दै वडाध्यक्षले सिफारिस दिन मानेनन् ।
खनाल भने त्यस विषयमा छलफल गर्न तयार रहेको भए पनि वडाध्यक्षले बाँकी सिफारिस नदिएको बताउँछन् । सिफारिस नदिएको भन्दै आफूमाथि ढुंगाले प्रहार भएको वडाध्यक्ष श्रेष्ठको दाबी छ ।
उनले भने, ‘सिफारिस नदिएको झोकमा आफूलाई ढुंगाले हानेपछि प्रतिरक्षा गरेकोमात्र हुँ । मैले हात पहिले हालेको आरोप गलत छ ।’
खनालले भने वडाध्यक्षमाथि कारबाही माग्दै इलाका प्रहरी कार्यालय भीमादमा उजुरी दिएका छन् ।
Related News
सम्बन्धित समाचार
जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१