पोखरा । कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय कास्कीले पनि सरकारले सोमबार गरेको आदेशको पालना गर्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले मंगलबार आदेश जारी गर्दै कोरोना जोखिम न्यूनीकरणका पोखरा महानगरपालिकाभित्रका शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) मा वैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाउन आग्रह गरेका छन् ।
विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षा भने जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने उल्लेख गर्दै सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, डान्स क्लब, हेल्थ क्लब, जिम खाना, पौडी पोखरी, फुटसल, आमसभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शक सहितका खेल र मानिसको भीडभाड हुने सबै प्रकारका कार्य पनि वैशाख मसान्तसम्म बन्द गरिएको जनाइएको छ ।
मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी नित्यपूजा, ध्यान र प्रार्थना मात्र गर्न पाइने, एक पटकमा २५ भन्दा बढी व्यक्ति भेला हुन नहुने, २ मिटरको दूरी कायम गर्नुपर्ने, डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने, मास्क र साबुनपानीको व्यवस्था व्यवस्थापकले नै गर्नुपर्ने, मेला, जात्रा, पर्व, विवाह लगायत धार्मिक अनुष्ठान र मलामीलगायत धार्मिक तथा परम्परागत कार्यक्रममा पनि २५ जनाभन्दा बढी सहभागी हुन नपाइने भएको छ ।
विवाह वा व्रतबन्धका लागि पार्टी प्यालेसको प्रयोग गर्नुपर्दा स्थानीय प्रशासनको पूर्व स्वीकृति लिनुपर्ने, सभा, सम्मेलन, गोष्ठी, तालिम लगायत क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्नुपर्ने, भौतिक रुपमा उपस्थित भई गर्नैपर्ने भएमा बढीमा २५ जना भन्दा बढी उपस्थित हुन पाइने छैन ।
सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोका र भित्र स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्ने, चालक र सवारी चालकले मास्क अनिवार्य लगाउनुपर्ने, सवारी साधनलाई दैनिक निसंक्रमण गर्नुपर्नेछ ।
कास्कीमा होटल तथा रेष्टुरेन्टले बिहान ८ देखि बेलुका ८ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सेवा दिनुपर्ने, अन्य समयमा होम डेलिभरी गर्नुपर्ने, विदेशबाट नेपाल आउँदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट टे«सिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भएता पनि कम्तीमा १० दिन होम क्वारेन्टाइन बस्नुपर्ने कास्कीका प्रजिअ गौतमले जनाएका छन् ।
यस्तै, नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणाली लागु गर्न सबै बैंक तथा वित्तीय संस्थामा सेवा कार्यको लागि विद्युतीय भुक्तानी प्रणाली लागू गरी सहजीकरण गर्नुपर्ने छ ।
Related News
सम्बन्धित समाचार
मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप
जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१