बागलुङ । विद्यालय र समुदायमा ठूलो संख्यामा कोरोना संक्रमणको पुष्टि भएपछि बागलुङको बलेवा क्षेत्र १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले मंगलबार रातीदेखि लागुहुनेगरी बन्दाबन्दी घोषणा गरेको हो ।
बागलुङ नगरपालिका–१४ नारायणस्थान, वडा नं। १२ अमलाचौर र वडा नं। १३ पैञ्युपाटमा दश दिनका लागि बन्दाबन्दीको घोषणा गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जिल्ला कोभिड संकट व्यवस्थापन समितिका स्रोतव्यक्ति सुरज गुरौले जानकारी दिए । समितिको सिफारीसमा जिल्ला प्रशासन कार्यालय बागलुङले बन्दाबन्दी घोषणा गर्नेछ ।
धेरै संख्यामा विद्यार्थी कोरोना संक्रमित भएपछि बागलुङ नगरपालिकाले बलेवा क्षेत्र बानपा–१२, १३ र १४ नम्बर बडालाई सिल गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई सिफारिस गरेको थियो । कोरोना संक्रमण समुदायमा फैलने त्रास बढेपछि तीन वटा वडालाई तत्काल दश दिनको लागि बन्दाबन्दी गर्ने निर्णय भएको गुरौले बताए । बन्दाबन्दीको समयमा संक्रमितको सम्पर्कमा रहेकाको खोजी र उपचार गर्न सहज हुने छ ।
मंगलबार बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माविका १९ जना विद्यार्थी सहित सोही विद्यालय आसपासको समुदायका संकास्पद बिरामीको जाँच गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि सोही विद्यालयका दुई जना शिक्षकमा कोरोना संक्रमण देखा परेको थियो । जनताधन माध्यामिक विद्यालय अघिल्लो शुक्रबारदेखि नै पठनपाठन बन्द गरिएको छ ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१