काठमाडाैं । जिल्लामा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन ।
विद्यालय, ठूला सपिङ मल, पार्टी प्यालेस खुल्लै छन् भने मानिस मास्क नलगाई भीडभाडमा देखिन्छन् । सामान्य अवस्थामा हुने विभिन्न राजनीतिक दलका कार्यक्रम, धार्मिक एवं सांस्कृतिक कार्यक्रम, विवाह, व्रतबन्ध, गोष्ठी, सेमिनारलगायत ठूला कार्यक्रम जिल्लामा नियमित भइरहेका छन् । ती कार्यक्रममा सहभागीहरुमध्ये अधिकांश मास्क लगाएको पाइँदैन ।
भरतपुर अस्पतालका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी रोग फैलिएपनि सावधानी नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विगतमा मानिसमा डर धेरै थियो, अहिले रोग फैलिए पनि डर हराएका कारण सावधानी छैन ।” यही अवस्था रहे स्वास्थ्य क्षेत्रमा जटिल अवस्था आउने उहाँले चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “अवस्था जटिल हुने देखिन्छ ।” कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छौँ भनेर कतिपय ढुक्क भएको बताउँदै उहाँले भन्नुभयो, “यस्तो व्यक्तिमा पनि सङ्क्रमण हुन सक्छ, रोग सार्न पनि सक्छन् ।” सामान्यतया सङ्क्रमित व्यक्तिको छ फिट वरपर बढी जोखिम हुने भए पनि एउटै हलमा पङ्खा लगाएर बस्दा यो धेरैतिर फैलिने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “जिल्लामा अहिले पङ्खा लगाएर कार्यक्रम भइरहेका छन् । यो निकै जोखिमपूर्ण छ ।” मानिसले मुखमा नभएर हातमा मास्क बोकेर हिड्ने गरेको भन्दै उहाँले यस्तै अवस्था रहे आगामी दिन झ डरलाग्दो भयावह हुने बताउनुभयो । भारतीय क्षेत्रबाट रोग छल्न यहाँ आउने लहर बढेको भन्दै उहाँले सीमा क्षेत्रमा कडाइ गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लामा सङ्कलन भएका नमूना बाहिर नपठाएकाले कोरोनाको परिवर्तित रुप हो वा पुरानै हो भन्ने यकिन नभएको उहाँको भनाइ छ । उहाँले अगाडि भन्नुभयो, “नयाँ परिवर्तित भएका कारण पनि यहाँको प्रयोगशालाले नदेखाएको हुन सक्छ ।”
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले हिँड्डुल गर्ने आधाले पनि मास्क नलगाएकाले जोखिम उच्च रहेको बताउनुभयो । स्वास्थ्य निर्देशिका पालना नभएको भन्दै उहाँले सावधानी नअपनाउँदा भयावह हुन सक्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जिल्लामा दैनिक १० भन्दा बढीमा अहिले सङ्क्रमण देखिएको छ । यो दिनहुँ बढ्ने अवस्थामा छ ।” व्यक्ति स्वयंले रोगको जटिलताको बारेमा नबुझेसम्म नियन्त्रण कठिन भएको भन्दै उहाँले नागरिकलाई बुझाउनै नसकिएको गुनासो गर्नुभयो । भीडभाड गरेर कार्यक्रम नगर्न भनिएको भए पनि पालना हुन नसकेको तिवारीको भनाइ छ ।
भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेडेण्ट डा जगन्नाथ तिवारी बिरामी थपिने क्रम जारी रहेको बताउनुहुन्छ । उहाँका अनुसार भरतपुर अस्पतालमा मात्रै अहिले २२ जना सङ्क्रमित रहेका छन् । अस्पतालले १० श्ययाको सघन उपचार कक्षसहित ६३ श्यया कोरोना सङ्क्रमितका लागि छुट्याएको छ । निजी दुई मेडिकल कलेजले पनि सङ्क्रमितको उपचार गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्वास्थ्य निर्देशिका पालना गर्न जिल्लावासीलाई सूचना जारी गरेको भए पनि पालना हुन नसकेको बताउनुभयो ।
विभिन्न क्षेत्रका सरोकारवालासँग दैनिक छलफल भइरहेको भन्दै उहाँले हालसम्म भने कडाइका साथ प्रतिबन्धहरु भने लगाई नसकिएको जानकारी दिनुभयो । बिरामी उपचारका लागि सरकारी र निजी क्षेत्रलाई तयारी गर्न लगाइएको भन्दै उहाँले हालसम्म उपचार गर्न कुनै समस्या नरहेको बताउनुभयो । सङ्क्रमण थप फैलिँदै गएमा गर्नुपर्ने तयारी गर्न अस्पताललाई निर्देशन दिएको उहाँको भनाइ छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा हालसम्म सात हजार ५९ सङ्क्रमित भएकोमा छ हजार ८१८ निको भएका छन् । हाल सङ्क्रमित १२७ रहेका छन् । तीमध्ये २६ जना अस्पतालमा छन् भने १०१ होम आइसोलेशनमा रहेका छन् । हालसम्म जिल्लाका ११४ को कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । रासस
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१