पोखरा। विवेकशील साझा पार्टी गण्डकी प्रदेशले गोरखा जिल्ला कार्यसमितिको समायोजन गरेको छ ।
साविक विवेकशील नेपाली दल र साझा पार्टीको जिल्ला समितिको संयुक्त बैठकले गरेको सिफारिस आधारमा शनिबार किशोर रेग्मी संयोजक रहेको कार्यसमिति घोषणा गरिएको हो । रेग्मी यसअघि गण्डकी प्रदेश समिति सदस्य हुन् ।
समायोजनपश्चात् विवेकशील साझा पार्टीको गोरखा जिल्ला समिति १६ सदस्यीय बनेको छ । सदस्यमा सुन्दर गुरुङ, दीपेन्द्र लामिछाने, धनबहादुर अधिकारी, शोभा बिक, बुद्धक थापा, हरि पोखरेल, भुवन बन्जरा, सुजन बस्नेत, राजकुमार अम्गाई, आशीम पोखरेल, सजिना बन्जरा, अन्जन श्रेष्ठ, समीर गुरुङ, रिजन रानामगर र रामकुमार श्रेष्ठ छन् ।
घोषणा सभालाई सम्बोधन गर्दै विवेकशील साझा पार्टीका गण्डकी केन्द्रीय सदस्य तथा संगठन विभाग उपप्रमुख प्रदीपकुमार थापाले २ वैकल्पिक पार्टी एक भएपछि गण्डकी प्रदेशभित्र संगठन बिस्तार द्रूतगतिमा अगाडि बढेको बताए ।
नवघोषित गोरखा जिल्ला संयोजक रेग्मीले विवेकशील साझा पार्टीलाई गोरखाका हरेक स्थानीय तहमा संगठन बिस्तार गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा विवेकशील साझा पार्टीका गण्डकी प्रदेश सहसंयोजक तथा केन्द्रीय सदस्य जमुना शर्मा, केन्द्रीय सदस्य अमृत पुडासैनी, सुशीला केसी अधिकारी, रजनी केसी, पवित्रा थापा, नवराज थापा, शिशिर बन्जरा, गण्डकी प्रदेश सदस्य तथा अभियान विभाग प्रमुख अशोक खड्का, कास्की जिल्ला संयोजक फणीन्द्र अधिकारी, तनहुँ जिल्ला संयोजक सागर घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
आइतबार स्याङ्जा जिल्ला कार्यसमिति घोषणा तयारी गरिएको प्रदेश संयोजक महेश भण्डारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
एमाले वडा कमिटी पोखरा–१९ को पदस्थापन
hero news full width
मुख्य समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१