प्रो–३५ वुमन्स क्रिकेट सिरिज : पोखरा क्रिकेट क्लबकोे अग्रता

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७८
Pro-Women’s

पोखरा । पोखरा क्रिकेट क्लबले अल्फ क्रिकेट एकेडेमीलाई २२ रनले पराजित गर्दै २ खेलको शृंखलामा १–० ले अग्रता लिएको छ । मैत्रीपूर्ण सिरिजको दोस्रो खेल शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा हुने छ ।

पोखरा क्रिकेट क्लबले गरेको प्रो–३५ वुमन्स क्रिकेट प्रतियोगितामा घरेलु टोलीले टस जित्दै ब्याटिङमा उत्रिएको थियो । ३० ओभरको खेलमा पोखरा क्रिकेट क्लबले १७० रन बनाउने क्रममा ७ विकेट गुमायो ।

कविता कुँवरले अर्धशतकीय पारी खेल्दै गतिलो सुरुआत गरिन् । उनले ६८ बल खेल्दै ८ चौका हिर्काउँदै सर्वाधिक ७१ रनको योगदान गरिन् । शिला रेग्मी क्षत्रीले पनि ४० बल खेल्ने क्रममा २४ रन बनाइन् । सम्झना खड्काले पनि २१ बल खेल्दै १८ रन बनाइन् । अल्फा एकेडेमीका बलर सोनी पोखरेलले ३ ओभरमा ११ रन दिँदै २ विकेट लिइन् ।

त्यसैगरी कृष्णा गुरुङले पनि ४ ओभरमा १६ रन खर्चिएर १ विकेट नाममा लेखाइन् । अस्मिता कर्मचार्यले ५ ओभरमा २४ रन दिएर १ विकेट लिँदा निशा भेलन तामाङले पनि ५ ओभरमा ३१ रन खर्चिएर १ विकेट हातमा राखिन् ।

१७१ रनको लक्ष्य पछ्याएको अल्फा क्रिकेट एकेडेमी भने १४८ रनमा समेटिन पुग्यो । कन्चन श्रेष्ठले सर्वाधिक ८१ रनको योगदान दिएपनि जितसम्म डो¥याउन भने सकिनन् । अन्य वुमन्सको प्रभावकारी प्रदर्शन भने देखिएन् । उनले ६ चौका हिर्काइन् । सुमन श्रेष्ठले २८ बलमा १८ रन जोडिन् । २ चौका उनको स्कोर कार्डमा चढ्यो ।

पोखरा क्रिकेट क्लबका बलर शिला रेग्मीले ५.१ ओभरमा ३३ रन खर्चिएर २ विकेट लिइन् । त्यस्तै कविता कुँवरले डली भट्टले ६ ओभरमा २८ रन दिँदै २ विकेट लिइन् । कविता कुँवरले ६ ओभरमा ३२ रन दिँदै २ विकेट लिँदा रितु कोनोजियाले ६ ओभरमै २३ रन खर्चिएर १ विकेट आफ्नो नाममा राख्न सफल भइन् । प्लेयर अफ दि म्याचको पुरस्कार कविता कुँवर घोषित भइन् ।

मदिरा व्यवसायी संघ कास्कीका अध्यक्ष डिल्लाराम पनेरुले प्रतियोगिताको उदघाटन गरेका थिए । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम, पोखरा महानगरपालिका वडा नं ३ का वडाध्यक्ष रविन्सन प्रजु, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेनसन प्रजु, पोखरा क्रिकेट क्लबका अध्यक्ष निकेश श्रेष्ठ लगायतले क्रिकेटको चर्चा गरेका थिए ।

प्रतियोगितामा विजयी हुने टिमले ट्रफीसहित प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ भने उपविजेतालाई प्रमाणपत्र प्रदान गरिने छ । २ खेलमा म्यान अफ द म्याच र सर्वोत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ । पोखरा क्रिकेट क्लबका अध्यक्ष निकेश श्रेष्ठले प्रतियोगिताबाट पोखरामा क्रिकेटतर्फ आकर्षित महिला खेलाडीहरुलाई थप ऊर्जा प्राप्त हुने बताए ।

Related News

सम्बन्धित समाचार

  • जनकपुर बोल्ट्सलाई एनपिएल उपाधि

    आदर्श समाज सम्वाददाता पौष ६, २०८१
    पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले…
  • आइसिसी प्रतिनिधि पोखरामा

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का प्रतिनिधिले मंगलबार पोखरा रंगशालास्थित क्रिकेट मैदान अवलोकन गरेका छन् । आगामी सन् २०२७…
  • क्रिकेटरलाई नगद १ लाखसहित सम्मान

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    स्याङ्जा । खुमा अर्याल फाउण्डेसनले नगदसहित महिला क्रिकेटरको सम्मान गरेको छ । आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट हुन सफल…
  • महिला क्रिकेट टोली पहिलोपल्ट विश्वकपमा छनोट

    आदर्श समाज सम्वाददाता कार्तिक २९, २०८१
    पोखरा । नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । विश्वकप १८ जनवरीदेखि २ फेब्रुअरीसम्म मलेसियामा हुँदैछ…
  • दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी पाेखरामा

    आदर्श समाज सम्वाददाता कार्तिक २२, २०८१
    पोखरा । नेपालमै पहिलोपटक आयोजना हुने लागेको नेपाल प्रिमियर लिगमा सहभागी पोखरा एभेन्जर्सले बिहीबार पोखरामा र्‍याली आयोजना गरेको छ ।…

hero news full width