पोखरा । पूर्व मन्त्री तथा उद्योगपति हरिप्रसाद पाण्डेले कास्कीका ७२ वडाका विद्यार्थीलाई झण्डै ४० लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेका छन् ।
पोखरामा शुक्रबार आयोजित समारोहमा कर्मभूमि छात्रवृत्ति नाममा जिल्लाका १ सय २५ जना विद्यार्थीले जनही ५० हजार रुपैयाँसम्मको छात्रवृत्ति प्राप्त गरेका छन् । तीमध्ये ८४ छात्रा र २१ छात्र छन् ।
समाजसेवी पाण्डे संस्थापक अध्यक्ष रहेको मातृसेवा प्रतिष्ठान नेपाल, ललितपुरको आयोजना तथा पाल्पाली समाज पोखराको व्यवस्थापनमा भएको सो छात्रवृत्ति कार्यक्रमबाट गरीब तथा जेहेन्दार समुदायबाट नन ग्राजुयट प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थी छन् । जसमा स्वास्थ्य चिकित्सा शास्त्र, कृषि, भेटेनरी, इन्जिनियरिङ्ग, होटल म्यानेज्मेन्ट आदि क्षेत्रका विषय रहेका छन् । गत वर्ष पनि उनले आफ्नो जन्म जिल्ला पाल्पामा ४० लाख ५० हजार बराबरको ‘रम्भादेवी छात्रवृत्ति’ वितरण गरेका थिए ।
कर्मभूमि छात्रवृत्ति वितरण समारोहमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले छात्रवृत्तिबाट गरिब तथा जेनेन्दार विद्यार्थीको भविष्य उज्वल बनाउन मद्दत मिल्ने बताए । उनले पाल्पाली समाजले गरेका कार्य सामाजिक सेवामा अनुकरणीय रहेको पनि बताए ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष समाजसेवी हरिप्रसाद पाण्डेले देशभर आफूले वितरण गरेको छात्रवृत्तिबाट ५ सय जना भन्दा बढी विद्यार्थी लाभान्वित बनेको बताए । उनले छात्रवृत्तिको सदुपयोग गर्दै असल मानिस बन्नुपर्ने विद्यार्थीलाई सुझाव दिए । उनले सकेसम्म स्वदेशी बस्तुको प्रयोग, प्रतिफल हुने कार्य र कम खर्चमा जीवनयापनमा जोड दिए।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्राविधिक विषयमा दिइएको छात्रवृत्तिले देशमा दक्ष जनशक्ति उत्पादनमा सघाउ पुग्ने बताए । उनले महानगरले पनि गण्डकी बहुप्राविधिक शिक्षालय संचालन गरेको जनाउँदै प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको बताए ।
कार्यक्रममा मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ श्याम, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, माछापुच्छ्रे गाउँपालिकाका वडा ९ अध्यक्ष दुर्गाबहादुर क्षेत्री लगायतले स्थानीय तहमा वडाको प्रतिनिधित्व हुने गरी प्राप्त छात्रवृत्तिले आफ्नो पालिकाका विद्यार्थी लाभान्वित भएको बताए।
प्रतिष्ठानका अध्यक्ष तुलसा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पाल्पाली समाज पोखराका निवर्तमान अध्यक्ष कुलप्रसाद घिमिरे, संचालन कार्यक्रम संयोजक एवं समाजका सल्लाहकार खेम सारु र धन्यवाद ज्ञापन समाजका अध्यक्ष रेशम रचक थापाले गरेका थिए ।
समाजसेवी पाण्डेले गत वर्ष करिब ३ करोड ८० लाख बराबरको छात्रवृत्ति वितरण गर्ने घोषणा गरेका थिए । सोको लागि ३ करोड रुपैयाँ अक्षयकोषमा राखिएकाेमा ७९ लाख ५० हजार बराबरको छात्रवृत्ति पाल्पा र कास्कीमा वितरण भएकाे हाे।
प्राविधिक विषय पढाउने कास्कीका विभिन्न विद्यालय तथा कलेजका प्रमुख तथा प्रतिनिधि, समाजका सदस्य, विद्यार्थी, अभिभावक लगायतको कार्यक्रममा उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
hero news full width
मुख्य समाचार
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
फागुन १, २०८१