बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो

जमुना वर्षा शर्मा
चैत्र ३१, २०७७
birds

पोखरा । प्राकृतिक सौन्दर्यमात्र नभई पर्यावरण र जैविक विविधतामा पनि उत्तिकै महत्वपूर्ण मानिने बगाले बगेडी चरा संकटापन्न अवस्थामा पुगेपछि सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

पोखरा पंक्षी समाज र नेपाल पंक्षी संरक्षण संघको संयुक्त आयोजनामा सोमबार पोखरामा आयोजना गरेको बगाले बगेडी चरा संरक्षणमा सरोकारवालाबीचको अन्तत्र्रिmयामा सहभागीहरुले चिन्ता र चासो व्यक्त गरेका हुन् ।

 काँडे भ्याकुर नेपालमा मात्र पाइन्छ । गृृष्ममा ६२ र हिउँद ऋतुमा १५२ प्रजातिका पंक्षी नेपाल आउँछन् ।

अन्तरक्रिया कार्यक्रममा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ एवं गिद्ध विशेषज्ञ समूहका सदस्य कृष्ण भुषालले कार्यक्रमको उद्देश्यमाथि चर्चा गर्दै बगाले बगेडीबारे प्रष्ट्याए । उनका अनुसार बगाले बगेडी भँगेरा आकारको रंगीन र आकर्षक चरा हो । विशेषत जाडोयाममा रुस, मंगोलिया, चीन लगायतबाट बसाइँसराइ गरेर नेपालमा आउने गर्दछ । पछिल्लो समय मानिसले मासुका लागि यस चराको बढी सिकार गर्ने थालेपछि अहिले यो चरा विश्वमै अतिसंकटापन्न अवस्थामा पुगेको छ । हरेक वर्ष चीनमा मनाइने ‘बाउल फेस्टिभल’ मा यसलाई खाने गरिन्छ । बर्डलाइफ इन्टरनेसनलका अनुसार त्यही फेस्टिभलका बेला १ वर्षमा करिब १० लाख वटासम्म बगाले बगेडीको सिकार हुने गरेको तथ्यांकले देखाएको छ ।

उत्तरी भूगोलमा प्रजनन् गर्ने ती साना आकर्षक चरा नेपालसहित दक्षिण र दक्षिण–पूर्व एसियाली मुलुकतिर जाडो छल्न आउने गरेको उनको भनाइ छ ।

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकालले वातावरण जोगाउन सके चराचुरुंगीको बासस्थान जोगाउन सकिने बताए । ‘वातावरणका बारेमा साझा चासो र चिन्ता आवश्यक छ, वातावरण जोगाउने जिम्मा सरकारको मात्र हो भनेर बुझ्नु हुँदैन यो सबैको साझा दायित्व हो’ ढकालले भने । उनले तालतलैयामा फोहोर फाल्ने विकृति बढ्दै गएको र सिमसार मासिदै जाँदा बासस्थान विनाश र अव्यवस्थित रूपमा विषादीको प्रयोग लगायतका कारणाले बसाइँसराइ गरी आउने पाहुना चरालाई प्रभाव पारेको बताए ।

बर्ड एजुकेसन सोसाइटीका चितवनका अध्यक्ष रमेश चौधरीले नेपालमा ८ सय ८६ प्रजातिका चराहरु अभिलेखीकरण भएको जानकारी दिए । विश्वमा ११ हजार २ सय २५ प्रजातिका पंक्षी भएको उनी बताउँछन् । नेपालमा डाँफे, मुनाल, चिरफेजन, खर मयूर, सेतो गरुड, कालो गरुड, सानो खर मयूर र राज धनेस गरी ९ प्रजातिका पंक्षीलाई संरक्षित पंक्षी भनी घोषणा गरिएको छ ।

काँडे भ्याकुर नेपालमा मात्र पाइने पंक्षी हो । गृृष्म ऋतुमा ६२ प्रजातिका चराहरु नेपाल आउने गरेका छन् भने हिउँद ऋतुमा १ सय ५२ प्रजातिका पंक्षी जाडो छल्न आउने गर्दछन् । त्यसैगरी ५० प्रजातिका चराहरु बटुवाको रुपमा आउने गरेको अभिलेख रहेको छ । ७९ प्रजातिका चरा भने फिरेन्त रुपमा देखिने गरेका छन् । नेपालमा ८ प्रजातिको चरा लोप भइसकेको आशंका गरिएको छ । पोखरामा ४ सय ७२ प्रजाति र चितवनमा ६ सय ९७ प्रजातिका चरा रहेको विज्ञको भनाइ छ ।

नेपाल पंक्षी संरक्षण संघका कार्यक्रम संयोजक मित्र पाण्डेले सन् २००४ देखि २०१७ सम्म तथ्यांकलाई विश्लेषण गर्दै २०१७ मा आइपुग्दा बगाले बगेडी अति संकटापन्न अवस्थामा रहेको उल्लेख गर्दै यसको संरक्षणमा सरोकारवालाले चासो दिनुपर्नेमा जोड दिए ।

पोखरा पंक्षी समाज पोखराका अध्यक्ष मनशान्त घिमिरेले पोखरा ९ तालको सहर भएकाले यस क्षेत्रमा उक्त चराको लागि उपयुक्त बासस्थान भए पनि चोरी सिकार, वातावरण प्रदूषण, अव्यवस्थित बसोबास, सिमसार क्षेत्र पुरिँदै जाँदा पाहुना चराको आगमन दर घट्दै गएको तर्क गरे । घिमिरेले सानो चराले बर्सेनि गर्ने हजारौं किलोमिटरको साहसिक र जोखिमपूर्ण यात्रा आफैंमा रोमाञ्चक रहेको जनाउँदै संरक्षणमा अन्तरदेशीय समन्वय र सहकार्यको खाँचोसमेत औल्याए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ६ का अध्यक्ष, गुँदेताल, न्युरेनीताल, खास्टेताल संरक्षण समितका अध्यक्ष, वातावरण संरक्षणकर्मी, सञ्चारकर्मी, पर्यटन व्यवसायी लगायतले बगाले बगेडीको संरक्षणका लागि आवश्यक रणनीतिबारे सुझाव राखेको समाजमा सचिव हेमन्त ढकालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…
  • सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको बताएका…
  • पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय आयोजनामा लम्भी हिलमा बिहीबारदेखि श्रीमद्भागवत् गीता ज्ञानमहायज्ञ सुरु भएको छ । कलश यात्रा गरी सुरु…

hero news full width