जाल्पा लघुवित्तको साधारणसभा, ४ सञ्चालक चयन

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७७
jalpa samudayiks

पोखरा । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि. को दोस्रो साधारणसभाले सञ्चालक समिति चयन गरेको छ ।

सञ्चालक समिति अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको सभाले अर्जुनकुमार श्रेष्ठ, वीरबहादुर अधिकारी, गीताकुमारी योगी गिरी र सुष्मा गौतमलाई सदस्यमा सर्वसम्मत चयन गरेको हो ।

यस्तै, सभाले ५ लाख २२ हजार कित्ता साधारण शेयर सर्वसाधारणको लागि निस्कासन गर्ने प्रस्ताव पारित गरेको छ । मर्जपश्चात बनेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी २५ करोड, जारी पुँजी १६ करोड र चुक्ता पुँजी १० करोड ७८ लाख रुपैयाँ रहेको छ ।

संस्थाले आर्थिक वर्ष २०८१÷२०८२ को अन्तसम्म राष्ट्रियस्तरको वित्तीय संस्था भई नेपालका ६० जिल्लामा १ सय ५५ वटा शाखा कार्यालय स्थापना गरी १ लाख ९५ हजार सदस्य आवद्ध गराउने लक्ष्य लिएको जनाएको छ ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बिमला योगीले स्वागत र नायव प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अशोककुमार आचार्यले सञ्चालन गरेका थिए ।
पोखरामा केन्द्रीय कार्यालय रहेको जाल्पा लघुवित्त तथा दाङमामा केन्द्रीय कार्यालय रहेको महिला सामुदायिक लघुवित्त वित्तीय संस्था आपसमा मर्ज भई गत मंसिर १६ बाट जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको थियो ।

हाल वित्तीय संस्थाले बागमती, गण्डकी, लुम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका ७४ वटा शाखाबाट सेवा प्रदान गरिरहेको छ । संस्थामा ८४ हजार सदस्यबाट २ अर्ब ६ करोड बचत संकलन गरी ३ अर्ब ८४ करोड लगानी गर्न सफल भएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • ग्रिन पोखरा महोत्सवको बैंकिङ पार्टनर

    आदर्श समाज सम्वाददाता पौष ४, २०८१
    पोखरा । १३ औं पोखरा महोत्सवको बैंकिङ पार्टनर रुपमा ग्रिन डेभलपमेन्ट बैंकले सहकार्य गर्ने भएको छ । युनाइटेड क्लब आयोजनामा…
  • लक्ष्मी सनराइजको एक्स्टेन्सन शाखा

    आदर्श समाज सम्वाददाता कार्तिक १२, २०८१
    पोखरा । लक्ष्मी सनराइज बैंकले पोखरा बाटुलेचौरमा एक्सटेन्सन शाखा संचालनमा ल्याएको छ । आइतबार सुरु उक्त शाखाले बैंकको विभिन्न सेवासहित…
  • ग्रीन डेभलपमेण्ट बैंक र खेलकुञ्ज एरेनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र पोखरा १३, कुँडहर सिग्देलमार्गस्थित खेलकुञ्ज एरिना प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर…
  • ग्रीन डेभलपमेन्ट बैंक–ग्यालेक्सी हस्पिटल सम्झौता

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीहरु र उनका आश्रित परिवारका ग्यालेक्सी हस्पिटलसँग…
  • ग्रिन बैंकको वार्षिकोत्सवमा रक्तदान

    आदर्श समाज सम्वाददाता भाद्र ९, २०८१
    पोखरा । ग्रिन डेभलपमेन्ट बैंकको १२ औं वार्षिकोत्सव अवसरमा बैंक र लायन्स क्लब अफ पोखरा भद्रकाली आयोजनामा आइतबार रक्तदान कार्यक्रम…

hero news full width