पर्वत । पर्वतको पैयुँ गाउँपालिका–६ सरौंखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले शनिबार प्रदेश सरकारको तर्फबाट तत्कालका लागि पीडितलाई प्रति घर १० हजार रुपैयाँ, टेन्ट हाउस, त्रिपाल लगायत सामग्री प्रदान गरे ।
आगलागी पीडितको साथमा प्रदेश सरकार रहेको भन्दै मन्त्री लम्सालले थप सहयोगका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए । गर्मी बढिरहेको तथा हुरी बतास चल्न सुरु भएको यस समयमा विगत केही दिनदेखि प्रदेशका वन जंगलहरुमा डढेलो तीब्र रुपमा फैलिएकोले सजक हुन मन्त्री लम्सालले आग्रह गरे ।
खडेरीको मौसममा वनमा डढेलो लागी बस्तीमा आगो फैलिँयो भने जनधनको क्षति हुनुका साथै वन पैदावार, वन्यजन्तु तथा पंक्षीसमेतलाई हानी–नोक्सानी पु¥याइ समग्र वातावरणमा नकारात्मक असर पर्ने उनको भनाइ थियो ।
शुक्रबार दिउँसो साढे २ बजे जंगलमा लागेको डढेलो डाँडाकाहुँको बस्तीमा पस्दा ५ घर र १२ गोठ जलेर नष्ट भएको थियो । आगलागीबाट स्थानीय शेरबहादुर गौतम, नमप्रसाद सापकोटा, रेशमलाल गौतम, रेशमलाल सापकोटा र जयकला सापकोटाका घर जलेका छन् ।
स्थानीय खड्कप्रसाद गौतम, एकनारायण गौतम, चोलाकान्त सापकोटा, छविलाल गौतम, उमेश गौतमको घरमा समेत आगलागीले क्षति पु¥याएको छ । १२ गोठ जलेको र भैंसी, गोरु र बाख्रासमेत मरेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१