सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७७
shekhar koirala

पोखरा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले शनिबार पोखरामा गरेकोे विचार गोष्ठीमा बोल्दै नेता कोइरालाले सभापतिवाहेक अरु पदमा आफूले कुनै हालतमा उम्मेदवारी नदिने खुलासा पनि गरे । उनले भने ‘अबको महाधिवेशनमा सभापतिबाहेक कुनै पनि पदमा उम्मेदवारी दिन्नँ ।’

मुलुककै पुरानो र जिम्मेवार पार्टी कांग्रेसको सभापतिको जिम्मेबारी पाएमा दलका कार्यकर्ताले अन्याय र दुख झेल्न नपर्ने भनाइ उनको थियो । उनले भने ‘म कसैमाथि अन्याय हुन दिन्नँ । कुनै पनि कार्यकर्ताको क्षमता, योग्यता र योगदानको आधारमा पार्टीमा स्थान दिनेछु ।

कोइरालाले प्रधानमन्त्री खड्गप्रसाद ओलीका कारण देश बर्बादीतर्फ अघि बढेको बताए । उनले वर्तमान सरकार निरंकुशता र आधिनायकवाद तर्फ अघि बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘प्रधानमन्त्री ओलीले आफूलाई केन्द्रमा राखेर देश चलाउँदा लोकतन्त्र नै धरापमा प¥यो ।’

कोइरालाले वर्तमान संसद अनिर्णयको बन्दी बनेकाले अब कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्ने बताए । अविश्वासको प्रस्ताव दर्ता गर्न ढिलो भइसकेको धारणा राख्दै सभामुखले बिजनेस नदिएको आरोपसमेत लगाए ।

नेता कोइरालाले आगामी मंसिर तथा चैत महिनामा देशलाई निकास दिन निर्वाचनको विकल्प नरहेको स्पस्ट पारे । नेता कोइरालाले पार्टी नेतृत्व नबोल्नु दुःखद भएको टिप्पणि गर्दै राष्ट्रियता र प्रजातन्त्र कमजोर बनाउने छुट कांगे्रसलाई नभएको उल्लेख गरे । पार्टीको महाधिवेशन कात्तिक ७ मै गराउन कार्यकर्ता जुमुर्राउने समय आएको बताए ।

फाउन्डेसन कास्की संयोजक यादवराज अधिकारीको अध्यक्षतामा भएको सभामा नेता गुरुराज घिमिरेले विश्वराजनीतिमा गिरिजाप्रसादले ३ वटा ठूला क्रान्ति गरेको उल्लेख गरे । गिरिजाप्रसादले सहमति, सहकार्य र एकताको माध्यमबाट नेपालको राजनीतिक भविष्य निर्धारण गरेको विचार राखे । सभामा नेतृ कमला पन्तले २०४८ देखि २०५१ सम्मको गिरिजाप्रसादको अर्थ नीतिले आजसम्म देश चलेको बताईन् । सभामा नेता जीवन परियार, नेतृ रत्ना शेरचन, जि.पी फाउन्डेसन गण्डकी प्रदेश संयाजक शारदा पौडेल, नेपाली कांग्रेस कास्कीका सभापति कृष्णबहादुर केसी, पूर्व सभापति शुक्रराज शर्मा, यज्ञबहादुर थापा, सोभियतबहादुर अधिकारी, नेता देवराज चालिसे, खोटाङका पूर्व पार्टी सभापति सुवास पोखरेल, राष्ट्रिय सभाका सचेतक अनिता देवकोटा, पूर्व राष्ट्रिय सभा सदस्य वृन्दादेवी आले राना, अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, तरुण दल कास्कीका सभापति मनोज गुरुङ, नेता विजयराज आचार्य लगायतले विचार गोष्ठीमा धारणा राखेका थिए ।

यसबीच नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिद्वारा प्रकाशित भित्तेपात्रो विमोचन भएको छ । संघका महासचिव केदार धमलाको नेतृत्वमा भएको विमोचन सभामा कोइरालाले श्रमिकको समस्यामा कांग्रेस प्रतिवद्ध भएको बताए । सभामा महासचिव केदार धमलाले श्रमिकको समस्या समाधान नभएसम्म देशमा परिवर्तनमा आभाष नहुने बताए । धमलाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जोड्न सरकार असफल भएको बताउँदै छिटो भन्दा छिटो सुरक्षा कोषमा जोड्न कांग्रेस पार्टीले पहल गरिदिन आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

  • पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । पोखरा–३ नदीपुरस्थित अस्थायी प्रहरी पोस्टको जिम्मेवारी महिला प्रहरीलाई दिइएको छ । आइतबार एक समारोहबीच प्रहरी सहायक निरीक्षक दीपा…
  • हिसान गण्डकी फुटसल सुरु

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । हिसान गण्डकी आयोजनामा पोखरामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता…
  • गायिका समीक्षा अधिकारी सम्मानित

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । लोकप्रिय गायिका समीक्षा अधिकारीलाई आफ्नै गाउँमा सम्मान गरिएको छ । नेपाली गीतसंगीत माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रियजगत्मा अलग पहिचान बनाउन सफल…
  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…

hero news full width