पोखरा, २८ चैत । संकटा क्लबले आहारारा गोल्ड कपको उपाधि जितेको छ । १९ औं संस्करणको फाइनलमा संकटाले पाहुना टोली अफ्रिकन रुट एसोसिएसन, क्यामरुनलाई टाइब्रेकरको शिकार बनाउँदै उपाधिसहित १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भयो । उपविजेताले ५ लाख पुरस्कार पायो ।
पोखरा रंगशालामा शनिबार फाइनलमा दोस्रो हाफमा बराबरी खेल्दै संकटाले अन्ततः उपाधिमाथि आफ्नो नाम दर्ज गर्न सफल भएको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि अतिरिक्त ३० मिनेटमा दुवै पक्षबाट गोल ननिस्केपछि पेनाल्टी सुट आउटमा निर्णय लिनुपरेको थियो । जसमा संकटाको पक्षमा ४–२ को गोलअन्तर निस्केको थियो।
पेनाल्टीमा अफ्रिकन रुट एसोसिएसनका एमबाकोपको प्रहार विपक्षी किपर राजाबाबु थापाले उत्कृष्ट सेफ गरे भने कुटीको पहिलो प्रहार नै खेर गएको थियो । उसका लागि यानिक र रिमलेमात्र बललाई जाली चुमाउन सके ।
यता, संकटाका लागि अमित तामाङ, सुवास गुरुङ, नेराज बस्नेत र आयुष घलानले गोल गरेका थिए । क्याप्टेन सरोज दाहालकै प्रहार भने विपक्षी कीपरले बचाएका थिए ।
त्यसअघि अफ्रिकन रुट्सका लागि ज्याकस बसिकले पहिलो हाफमा गोल गर्दै टिमलाई अग्रता दिलाएकोमा दोस्रो हाफको सुरुवातमै संकटाका लागि विदेशी खेलाडी ग्लोरीले बराबरी गोल फर्काएका हुन् ।
प्रतियोगितामा संकटाका किपर राजाबाबु थापा उत्कृष्ट खेलाडी घोषित हुँदै स्कुटर चढे । विधागत उपाधि पनि संकटाको पक्षमा धेरै गयो । जसमा राजाबाबु थापा उत्कृष्ट कीपर, नेराज बस्नेत उत्कृष्ट डिफेन्डर घोषित हुँदा अफ्रिकनका रिम उत्कृष्ट मिडफिल्डर, बसिक उत्कृष्ट स्ट्राइकर र सर्ज बोरिस उत्कृष्ट कोच घोषित भए । उनीहरुलाई स्व. सूर्यबहादुर केसीको नाममा जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।
हाइ स्कोररको उपाधि ४ जनाले बाँडेर लिए । जसमा नेपाल प्रहरी क्लबका बुद्धबल लामा, संकटाका ग्लोरी, अफ्रिकन रुट्सका मौसा र बसिक हुन् ।
विजेतालाई गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, आयोजक सहारा क्लब पोखरा अध्यक्ष केशवबहादुर थापा, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, मुख्य प्रायोजक हिमश्री फुड्सका निर्देशकहरु प्रकाश केसी, किरण केसी र रोशन केसीले पुरस्कार प्रदान गरे ।
Related News
सम्बन्धित समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
hero news full width
मुख्य समाचार
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१