लेउवा संघले दियो सदस्य परिवारलाई राहत

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७७
lcci help

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले स्थापना गरेको व्यावसायिक राहत कोषबाट पोखरा २६ बूढीबजारका निवासी स्व. कमल अधिकारीको परिवारलाई राहत उपलब्ध गराएको छ ।

संघले व्यवसायी सदस्यको हितका लागि समय समयमा पर्ने अकल्पनीय दुखद् घटनालाई ध्यानमा राख्दै व्यवसायी सदस्यकै मृृत्यु भएमा ५० हजार र व्यवसायी सदस्यका नजिकका आफन्तको मृत्यु भएमा राहतस्वरुप ५ हजार प्रदान गर्दै आएको छ ।

पोखरा २६ बूढीबजारमा कमल सप्लायर्स सञ्चालन गर्दै आएका ४३ वर्षीय कमल अधिकारीको गत चैत १९ निधन भएको थियो । उनमा मिर्गाैलासम्बन्धी समस्या देखिएको थियो ।

राहतका लािग लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालसहितको टोलीले अधिकारीको घरमा पुगेको थियो । स्व. कमलका छोरा विशाल अधिकारीलाई संघका पूर्व अध्यक्ष चतुराखर अधिकारी चेक हस्तान्तरण गरेका थिए ।

संघले आफ्नै सदस्यहरुको दुखद घटनामा परी ज्यान गुमाएका ५ जनाको परिवारलाई सहयोग गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width