पाेखरा । कर्णाली प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका छन्।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा बुझाएका उनीहरुले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछन्।
माओवादी नेतृत्वको सरकार ढालेर कर्णालीमा एमालेको नेतृत्वमा सरकार बनाउन मन्त्रीहरुले राजीनामा दिएका हुन्। मुख्यमन्त्रीका दाबेदारमा प्रकाश ज्वाला र यामलाल कँडेल छन्।
अदालतले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि कर्णालीमा एमालेका सांसदहरुले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेका हुन्। एमालेको नेतृत्वमा सरकार गठन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षका सांसदहरु एकमत छन्।
४० सदस्यीय कर्णाली प्रदेशमा सभामुखसहित एमालेका २० जना सांसद छन्। धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रमा १३ सांसद छन्।
नेपाली कांग्रेसका ६ र राप्रपा नेपालका एक जना सांसद छन्। एक जना सांसदको समर्थनमा कर्णालीमा एमालेले सरकार गठन गर्नसक्छ।
Related News
सम्बन्धित समाचार
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१