लेखनाथ । प्रथम खास्टेताल महोत्सवमा २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । महोत्सव ५० हजार दर्शकले अवलोकन गरेका छन् । गत चैत १२ देखि लेखनाथको खाष्टेताल किनारा खरानेफाँटमा आयोजित महोत्सव सोचे अनुरुप नै सफल भएको आयोजक खाष्टे न्यूरेनी ताल संरक्षण समितिको दाबी छ ।
समापनमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कास्कीका सबै तालमा ३ सय ६५ दिन नै महोत्सव गर्न सकिने धारणा राख्दै ताल आसपासमा पर्यटक आकर्षण गर्न सक्ने गतिविधि सञ्चालन गर्नुपर्ने जनाए ।
महोत्सवमा दर्शक आकर्षणका लागि दैनिकजसो लोकदोहोरी, हास्य प्रहसन, रत्यौली, भजनचुड्का प्रतियोगिता गरिएको आयोजक संस्थाका सचिवालय संयोजक विष्णुहरि ढुंगानाले जानकारी दिए ।
खास्टे र न्युरेनी तालको प्राकृतिक स्रोतसाधन संरक्षणमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक समिति संयोजक हरिप्रसाद अधिकारीको भनाइ छ ।
कार्यक्रममा मादी हाइडो पावरका निर्देशक पुष्पज्योति ढुंगाना, लेखनाथ उद्योग बाणिज्य संघ अध्यक्ष बलराम ढकाल, पर्यटन बोर्ड पोखराका प्रमुख काशिराज भण्डारी, पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बराल, नेपाली कांग्रेसका नेता राजेन्द्रमणि लामिछाने, राष्ट्रिय संगीतकर्मी संघ कास्की अध्यक्ष ऋषिराम दाहाल, वडा २६ वडा सदस्य शर्मिला सुनार, स्टेज संयोजक शिवहरि ढुंगाना, प्रचारप्रसार उपसमिति संयोजक ईश्वरराज भण्डारी र महोत्सवका महासचिव ईश्वरीप्रसाद अधिकारी लगायतले धारणा राखेका थिए ।
Related News
सम्बन्धित समाचार
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१