पोखरा । नेपाल पत्रकार महासंघ कास्की अध्यक्षमा विमला भण्डारी र केशवशरण लामिछानेको उम्मेदवारी परेको छ । प्रेस युनियनकी भण्डारीलाई प्रेस संगठन, प्रेस चौतारी (माधव–नेपाल) लगायत निकट पत्रकार संगठनको समर्थन छ । उता, प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहतर्फबाट लामिछानेले उम्मेदवारी दिएका छन् ।
संयुक्त गठबन्धनतर्फबाट अध्यक्षका उम्मेदवार भण्डारी प्यानलबाट उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना, उपाध्यक्ष (महिला) मा रविना आले, सचिव दीपक परियार, सहसचिव (समावेशी) रेमबहादुर बिक, सहसचिव श्रीराम सिग्देल, कोषाध्यक्षमा कृष्ण दवाडीले उम्मेदवारी दर्ता गरेका छन् ।
लामिछाने नेतृत्वबाट उपाध्यक्षमा अर्जुन गिरी, उपाध्यक्ष (महिला) जमुना शर्मा वर्षा, सचिव माधव बराल, सहसचिव (समावेशी) मा दीपककुमार श्रेष्ठ, सहसचिव मानबहादुर घर्ती (एमबि आस्था) र कोषाध्यक्ष एकराज गिरीले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।
उपाध्यक्षमै रञ्जन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । उनी प्रेस चौतारीका सदस्य हुन् । स्वतन्त्र पत्रकार संघबाट सचिवमा गौतम रानाभाट र कोषाध्यक्षमा ओमप्रकाश उपाध्यायको उम्मेदवारी परेको छ ।
सदस्य (महिला) पदमा संयुक्त गठबन्धनबाट सपना अधिकारी र प्रगतिशील गठबन्धनबाट तारा चापागाईं दुवेको उम्मेदवारी परेको छ ।
सदस्य (दलित) मा भण्डारी समूहबाट विजय नेपाली र लामिछानेबाट सुरेश सुनारले उम्मेदवारी दिए । सदस्य (आदिवासी जनजाति) मा संयुक्त गठबन्धनबाट पदम श्रेष्ठ र प्रगतिशील गठबन्धनबाट खिमकुमारी गुरुङ (खीमा) को उम्मेदवारी परेको छ ।
अन्य समावेसीमा भण्डारी समूहबाट जैनव खातुन र लामिछाने समूहबाट सूर्यबहादुर परियारले उम्मेदवारी दिएका छन् । मधेसी सदस्यमा कुनै उम्मेदवारी परेन ।
सदस्य (खुला) मा २२ जनाको उम्मेदवारी परेको छ । संयुक्त गठबन्धनबाट धनबहादुर गुरुङ (सुमन), पुष्पराज दाहाल, भीमबहादुर थापा (भीम भाइ), शिवराज बस्ताकोटी (शिव दाइ), सन्तोष बस्याल, सन्तोष सुवेदी, सन्दीप पौडेल, श्रीभद्र पौडेल र हरि पन्तको उम्मेदवारी परेको छ ।
प्रगतिशील गठबन्धनबाट उमा आलेमगर, कञ्चन थापा, कमल सुवेदी, गीता रानामगर, गौरव त्रिपाठी, प्रभु अधिकारी, वीनिता सुनार खातुन, भेषराज सुवेदी (जीवन) र युवराज गुरुङ (युनिश) ले उम्मेदवारी दर्ता गराए ।
सदस्य (खुला) मा स्वतन्त्र पत्रकार संघबाट वीरेन्द्र सापकोटा र सुरेश अधिकारीको उम्मेदवारी परेको छ । यसैगरी विष्णु गौतम र रोहितराज पराजुलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । खुला सदस्यबाट मधेशीसहित ९ जना निर्वाचित हुने छन् ।
राष्ट्रिय परिषद् सदस्यमा ७ जनाका लागि १४ जनाको उम्मेदवारी परेको छ । आरजु विष्ट सल्यानी (मोहनकुमार विष्ट), ऋषिकान्त पौडेल, कमल पौडेल ‘अथक’, खेमबहादुर सारु, गणेशमान गुरुङ, गंगाधर पराजुली, विभु भुषाल, लिना गुरुङ, रमेश पौडेल, राजबहादुर गुरुङ, राजेश पराजुली, श्यामनाथ कुँवर, सुष्माकुमारी पौडेल र हुमबहादुर गुरुङ (तमु) को उम्मेदवारी परेको छ ।
२१ सदस्य रहने प्रदेश परिषद् सदस्यमा २८ जनाको उम्मेदवारी परेको छ । जसमा ऋषिराम बराल, कृष्णराज आचार्य (रचित), गिरीधारी पोख्रेल, घनश्याम पाण्डे, टंकराज अधिकारी, दीननाथ बराल, दीपा रेग्मीको उम्मेदवारी परेको छ । यसैगरि देवेन्द्र बास्तोला, नारायणप्रसाद देवकोटा (लक्ष्मीनारायण), पदम रेग्मी, प्रकाशचन्द्र सापकोटा, प्रकाश ढकाल र प्रशान्त लामिछाने, बालकुमारी पौडेल (तारा), वासुदेव पौडेल, भानु पराजुली, भेषराज पौडेल, मोतिलाल अधिकारी, राम गुरुङ, लोकेन्द्र ढकाल र शशिकुमार पौडेलको पनि उम्मेदवारी परको छ । सोही पदमा शिशिर पौडेल, सावित्री खनाल, सुदीपराज ढुंगाना, सुरज श्रेष्ठ, सुरेनकुमार नेपाली र हिमनिधि लौडारीले पनि उम्मेदवारी दिएका छन् ।
प्रकाशित नामावलीउपर दावी विरोध चैत २३ दिउँसो १२.३० बजेसम्मका लागि तोकिएको निर्वाचन समिति संयोजक बद्रीविनोद प्रतीकले जानकारी दिए । दिउँसो ४ बजेसम्म उम्मेदवारी फिर्ता र साँझ ६ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने जनाइएको छ । मतदान चैत २५ गते हुँदैछ ।
विमला भण्डारी
इतिहासमा पहिलो पटक सक्षम नेतृत्व, लामो समय काम गरेको अनुभव अनि दक्षता आधारमा मेरो उम्मेदवारी हो । यो समयको माग पनि हो । पत्रकारितामा महिलाको सहभागितासँगै अझ उच्च मनोवलका साथ लैजान हामीले नेतृत्व लिन जरुरी छ । इतिहास रच्न मात्र होइन, महिला सवल र सक्षम छन् भन्ने उदाहरण पेस गर्न यो महत्वपूर्ण पाटो हो । हिजो हामीले राम्रो महासंघ हाम्रो महासंघ बनाउँछौं भनेर जुन अभियान थालेका थियौं, यसलाई पूरा गर्नुछ । पत्रकारको क्षमता अभिवृद्धि र अनुज पत्रकारलाई सवल बनाएर लैजान मेरो नेतृत्व जरुरी छ । पूर्ण प्रेस स्वतन्त्रता, पेशागत सुरक्षा, श्रमजीवी पत्रकारका हकहित स्थापितका लागि जुनखालको गठबन्धन भएर आएको छ, यो टिम सवल टिम आएको यो टिमले जित्ने हो भने आशाका किरण छरिनेछन् ।
केशवशरण लामिछाने
नेपाल पत्रकार महासंघ कास्कीको उम्मेदवार दिँदै गर्दा कास्कीका पत्रकारको प्रतिष्ठा अझै उचाइमा पु¥याउनुपर्ने पर्छ भन्ने कुरालाई मनभित्रै राखेको छु । मर्यादित पत्रकारिताको पक्षमा छु । आचारसंहिता पालना गर्ने पत्रकारिताको पक्षमा छु । मेरो विजयीले समग्र कास्कीको पत्रकारको गरिमा अझै माथि उठाउन मद्दत गर्नेछ । खासगरि फिल्डमा खटिने पत्रकारलाई चाहिँ प्रेरणा दिनेछ भन्ने विश्वास छ । मेरो योजना पत्रकारितामै केन्द्रित हुनेछ । हामीमाझ पत्रकारको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती छ । त्यसका लागि मैले तालिम फोकस गर्नेछु । सँगसँगै मेरो ठूलो ड्रिम प्रोजेक्ट भनेको अग्रजहरुले भव्य भवन बनाउनुभएको छ, त्यसमा प्राण भर्न सुन्दर लाइब्रेरी बनाउने मेरो सपना छ ।
स्याङ्जामा श्रीकृष्ण, मनाङमा नवीन
पत्रकार महासंघ स्याङ्जा अध्यक्षमा श्रीकृष्ण सिग्देल निर्विरोध निर्वाचित भएका छन् ।
संघ उपाध्यक्षमा राधाकृष्ण डुम्रे, उपाध्यक्ष (महिला) मा भवानी अधिकारी, सचिव प्रतीक्षा काफ्ले, सहसचिव तोलाकान्त बगाले र भूपराज बस्याल तथा कोषाध्यक्षमा रमेश गोदार (एकबहादुर) निर्विरोध भए ।
सदस्यमा अमृत अर्याल, खगेन्द्र भण्डारी, जोगराज पाठक, रामप्रसाद लामिछाने, रामु भट्टराई, शालिकराम पोख्रेल र नारायण बिक निर्वाचित भए । महिला सदस्यमा साधना न्यौपाने, आदिवासी जनजाति सदस्यमा थुमबहादुर रखाली (विनोद) निर्वाचित भए ।
राष्ट्रिय परिषद सदस्यमा ओमप्रकाश शर्मा र रोशन लामिछाने तथा प्रदेश परिषद सदस्यमा चुत्रबहादुर महत, प्रेमनारायण रेग्मी र हिमलाल न्यौपाने निर्वाचित भए ।
पत्रकार महासंघ मनाङमा नवीन लामिछने (अंकुर) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
संघ उपाध्यक्षमा सन्तोष श्रेष्ठ, महिला उपाध्याक्ष सविनासिंह महर्जन, सचिव रीया गुरुङ, कोषाध्यक्ष मालती घले, सहसचिव तिलबहादुर गुरुङ र पूर्ण गुरुङ चयन भए ।
सदस्य सुरेश थापा, सोलबहादुर गुरुङ, फुर्वछिरिङ लामा, सुकबहादुर बिक निर्वाचित भए । केन्द्रीय परिषद् सदस्यमा पशुपति अधिकारी र मीन काशी गुरुङ चुनिए भने प्रदेश पार्सदमा बुद्धि गुरुङ निर्वाचित भए ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
hero news full width
मुख्य समाचार
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१