पोखरा । रेडियो अन्नपूर्णको १९ औं वृहत रक्तदान कार्यक्रममा २४३ युनिट संकलन भएको छ । शनिबार रेडियोकै प्रांगणमा गरिएको कार्यक्रममा १ सय ९९ जना पुरुष र ४४ जना महिलाले रक्तदान गरे ।
यस्तै नयाँ रक्तदाताको संख्या ७६ छ । नेत्रहीन संघ कास्कीका १५ जना दृष्टिविहिनले समेत रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) थानेश्वर गौतमले रेडियोले रक्तदान कार्यक्रम गरेर सामाजिक उत्तरदायित्व बहन गरेको बताए । समाजमा भए गरेका विकृति विसंगतीलाई चिर्दै सही सचुना प्रसारण देखि समाजमा भएका समस्याका समाधानका लागि रेडियो अन्नपूर्णले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।
गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज गुरुङले सामाजिक परिवर्तनको अभियानमा विगत २० वर्षदेखि रेडियो अन्नपूर्ण अनवरत रुपले लागिरहेको बताए ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले रेडियोले बर्सेनि आयोजना गर्दै आएको रक्तदान कार्यक्रमले धेरै नयाँ रक्तदाता जन्माएको उल्लेख गरे ।
रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले विगत १९ वर्षदेखि रेडियोले रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी गराए । उनले सबैको साथ सहयोगले नै रक्तदान कार्यक्रम हालसम्म निरन्तर आयोजना गर्दै आएको बताए । भविष्यमा समेत यसको निरन्तरताको अपेक्षा उनले गरेका छन् ।
प्राइम सहकारी संस्थाका अध्यक्ष निर्देश कोइरालाले रेडियो अन्नपूर्णसँग समन्वय गरी रक्तदान कार्यक्रमको आयोजना गर्न पाउँदा खुशी लागेको बताए । नेपाल इन्स्योरेन्स प्रोफेसनल
सोसाइटीका अध्यक्ष कविराज पौडेलले रेडियोसँगको पहिलो सहकार्य सफल रुपमा सम्पन्न भएको बताए ।
नेलेम्बो नेपालका अध्यक्ष यज्ञ प्रसाद देवकोटाले रक्तदान कार्यक्रममा स्वास्थ्य समाग्री सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
रेडियोका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले रेडियो अन्नपूर्ण सँधै समाजसँगै साथमा रहेको दाबी गरे । समाजमा भएका हरेक गतिविधिहरुका विषयमा जानकारी गराउने उद्देश्यस्वरुप रेडियो लागिपरेको उनको भनाइ थियो । आगामी समयमा पनि सम्पूर्ण स्रोताको माया, सदभावले नै रेडियोले आफ्ना कार्यक्रमलाई परिमार्जित गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरे।
१९ औं वृहत रक्तदान कार्यक्रमका संयोजक रेडियो अन्नपूर्णकर्मी दीननाथ बरालले रक्तदान कार्यक्रम सफल रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद दिए ।
कार्यक्रममा रक्तसंचार केन्द्र प्रमुख अर्जुन ज्ञवालीले कोरोना महामारीका समयमा पनि व्यवस्थित ढंगले कार्यक्रमको आयोजना गरेको प्रति रेडियोलाई धन्यवाद दिए । उनले यस्तो विषम् परिस्थितिमा भएको उल्लेखनीय सहभागिताको कदर गर्दै स्वस्थ व्यक्तिले रक्तदान गर्नुपर्ने तर्फ जोड दिए ।
Related News
सम्बन्धित समाचार
कुमारी ब्युटीका प्रडक्टको स्टोर सुरु
‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो
‘नालामा जस्तै पानी बग्छ सडकमा’
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१