बागलुङ हत्या कान्ड : घटनामा संलग्न रहेको आरोपमा ६ पक्राउ

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७७
baglung-police_office

पोखरा । बागलुङमा होली खेल्ने क्रममा उब्जेको विवाद र त्यसपछि भएको झडप अनि हत्यामा संलग्न रहेको आरोप लागेका ६ जना बुधबार पक्राउ परेका छन् ।

प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरको नेतृत्वमा ११ सदस्य र पोखराबाट खटिएको प्रहरीको टोलीले गुल्मीबाट २ जना र ४ जना बागलुङबाट ४ जनालाई पक्राउ गरेको हो ।

अनुसन्धान जारी रहेको र घटनामा संलग्न अरुको समेत खोजी भइरहेकाले हाल पक्राउ परेकाका नाम सार्वजनिक नगरिएको एसपी पल्लीमगरले बताए । उनले भने, ‘अनुसन्धान जारी छ, केही मानिस पक्राउ परेका छन्, खोज्ने क्रम जारी नै रहेकाले अनुसन्धान सकिएपछि मात्रै दोषी सार्वजनिक गर्छौं,’ उनले भने ।

गत आइतबार बागलुङको बडिगाड गाउँपालिका दर्लिङमा झडप हुँदा निसीखोलाका २ जनाको ज्यान गएको थियो । उक्त घटनामा निसीखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक परियारको मृत्यु भएको थियो ।

कुँवर कांग्रेस जिल्ला सदस्य हुन् भने परियार क्रियाशील सदस्य । झडपमा अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जना बुर्तिबाङमै उपचार गराएर घर पवर्mेका छन् भने ज्ञानु परियारलाई थप उपचारका लागि पाल्पा लगिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै