पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ का १ सहकारीका सदस्य अवलोकन भ्रमणबाट फर्किएपछि ३ जनामा कोरोना पुष्टि भयो । त्यसपछि उनीहरुको परिवारका सदस्य लगायत कन्ट्याक्ट ट्रेसिङका परेकाहरुको स्वाब संकलन गरी परीक्षण गरियो । चैत ११ मा नमुना परीक्षण गर्दा थप १३ जनामा संक्रमण पुष्टि भयो । संक्रमितहरुमध्ये भ्रमणमा गएका र उनीहरुका परिवारका सदस्य छन् ।
कन्ट्याक्ट ट्रेसिङ अझै चलिरहेको छ । कतिमा संक्रमण पुष्टि हुन्छ, त्यो रिपोर्ट आएपछि थाहा हुने नै भयो । अझ संक्रमण दर बढ्ने शंकाले माछापुच्छ्रे गाउँपालिका कार्यालयको सेवा बन्द गरिएको छ । गाउँपालिका कार्यालय वडा ४, लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा चैत १३ देखि १८ सम्म गाउँ बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए ।
पोखरा १५, लामाचौरस्थित पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थानका ७६ जनामा कोरोना पुष्टि भएको छ । बिहीबारसम्म क्याम्पसका २ शिक्षकसहित ७६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
पछिल्लो समय गण्डकीमा प्रदेशमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । प्रदेशमा गएको २४ घण्टामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ६२ नमुना परीक्षणमा २९ जनामा कोभिड–१९ देखिएको हो । तीमध्ये कास्कीमा २६, तनहुँमा २ र म्याग्दीमा १ जनामा संक्रमित रहेका छन् ।
अघिल्लो दिन १ सय ३६ परीक्षणमा ३० जनामा कोरोना पोजेटिभ देखिएको थियो । जब कि बुधबार १४ जनामा मात्रै संक्रमण पुष्टि भएको थियो । गण्डकीमा कोरोनाबाट हालसम्म २ सय ५ जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा नेपालमा १ सय ५६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको छ ।
माछापुच्छ्रेमा चैत १३–१८ सम्म गाउँ कार्यपालिकाका सबै सेवा बन्द
नेपालमा शुक्रबार कोरोना भाइरस संक्रमणबाट थप ४ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २४ रहेको छ । गएको २४ घण्टामा थप ७० जना निको भएर घर फर्किएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ पुगेको छ । निको हुनेको दर ९८ दशलमब ५ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ संक्रमणको पुन जोखिम बढ्न थालेसँगै जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । भारत लगायत छिमेकी देशमा फैलिरहेको कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सभा, समारोह र भेला आयोजना नगर्न आग्रह गरिएको हो ।
प्रशासनले बिहीबार सूचना जारी गरी फागु पूर्णिमा (होली) लगायत चाडपर्व मनाउँदा र अत्यावश्यक गोष्ठी, भेला, कार्यक्रम संचालन गर्दा भिडभाड नगरी अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन् । यस्तै अनावश्यक सभा, समारोह, सम्मेलन भेला नगर्न पनि आग्रह गरिएको छ ।
सबै किसिमका आवागमन, जमघटमा मास्कको अनिवार्य तथा उचित प्रयोग गर्दै सामाजिक दूरी कायम गर्नुपर्ने, संक्रमणको जोखिमलाई ध्यानमा राखी पहिले सञ्चालनमा आएका क्वारेन्टिन तथा आइसोलेसन केन्द्रलाई सम्बन्धित निकायले तयारी अवस्थामा राख्नुपर्ने, सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था, व्यावसायिक फर्म एवं बैंक तथा वित्तीय संस्थाले सेनिटाइजर, मास्क र सामाजिक दूरी कायम गरी सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।
प्रशासनको आग्रहलाई अवज्ञा गर्ने गराउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा प्रचलित कानूनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएकोे छ ।
Related News
सम्बन्धित समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
hero news full width
मुख्य समाचार
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१