पोखरा । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६/०७७ को लाइफ टाइम अचिभमेन्ट अवार्डको लागि प्रायोजन सम्झौता भएको छ ।
पोखरा लेकसिटीका निर्देशक डा. विष्णु नेपाली र मञ्च अध्यक्ष एकराज गिरीबीच सहमतिपत्रमा बिहीबार सम्झौता भएको हो । जसअनुसार डा. नेपालीले सम्झौतावापत ४० हजार रुपैयाँ प्रदान गर्ने छन् ।
खेल गतिविधिले मानव स्वास्थ्यमा सहयोग पुग्ने उल्लेख गर्दै डा. नेपालीले मञ्चले आयोजना गरेको स्पोर्टस् अवार्ड सबैको लागि महत्वपूर्ण रहेको बताए ।
मञ्च अध्यक्ष गिरीले स्पोर्टस् अवार्डमा सहयोगदाता रुपमा जोडिएकोमा आभार व्यक्त गर्दै सम्पूर्णको सहयोगबाट अवार्ड सभ्य र भव्य रुपमा सम्पन्न गर्न मद्दत मिल्ने बताए ।
गत साता माई होटल पोखराले उत्कृष्ट उदियमान खेलाडीलाई प्रदान गरिने २५ हजार रुपैयाँ प्रायोजन गरिसकेको छ । होटलका प्रबन्ध निर्देशक तोरणबहादुर बानियाँले प्रायोजन सम्झौता गरेका थिए ।
गण्डकी प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डमा यसपालि विभिन्न ७ विधामा अवार्ड प्रदान गरिनेछ । मञ्चले आगामी वैशाख २० मा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ ।
Related News
सम्बन्धित समाचार
हिमालयनलाई वडाध्यक्ष कप
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता
हिसानको फुटसल सुरु
hero news full width
मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१