पोखरा । लोकसेवा आयोगका पदािधकारीहरुकाे पदावधि आजदेखि सकिएकाे छ ।
२०७१ चैत ११ गते नियुक्त सबै पदाधिकारीको चैत ११ बाट पदावधि सकिएको हो । मंगलबार पत्रकार सम्मेलन गरेर आयाेग अध्यक्ष उमेश मैनालीले आयोग पदाधिकारीविहिन हुँदा गम्भीर असर पर्ने अवस्था रहेको बताए।
तत्काल बढुवाको सबै प्रक्रिया रोकिने, परीक्षाहरु रोकिने, नतिजा प्रकाशन गर्ने काम रोकिने बताए। यस्तै सरकारी उच्च पदका बढुवाहरु अन्तरवार्ताहरु सबै रोकिने अवस्था रहेको पनि बताए।
निजामती प्रशासनको सम्पूर्ण काम रोकिने हुँदा सरकारले समयमै पदाधिकारी नियुक्ति गर्ने विश्वास समेत अध्यक्ष मैनालीले व्यक्त गरे । सुशील कोइराला नेतृत्वको सरकारले आयोगमा अध्यक्ष मैनाली सहितको पदाधिकारी नियुक्त गरेको थियो ।
पदावधि सकिने अघिल्लाे दिन मंगलबार पत्रकार सम्मेलन गरेर आयाेग अध्यक्ष उमेश मैनालीले कर्मचारीहरुको बढुवामा आन्तरिक प्रतियोगिता र खुला प्रतियोगितामा विभेद रहेको धारणा सार्वजनिक गरे ।
अध्यक्ष मैनालीले सेवामा रहेको व्यक्तिले खुला प्रतिस्पर्धामा आउने योग्य व्यक्ति भन्दा बढी सुविधा पाउने गरेको बताए।
उनले निजामती सेवा ऐनमा भएको व्यवस्थाले सेवामा निरन्तर रहेको व्यक्तिलाई उमेरको हदमा छुट दिएको तर त्यही पदमा खुलाबाट प्रतिस्पर्धा गर्नेलाई ३५ वर्षको उमेर हद रहेको बताए। संघीय संसदमा विचाराधीन रहेको विधेयकमा विभेद हटाउन आयोगले सुझाव दिएको उनले बताए।
यसैबीच गण्डकी प्रदेश लोकसेवा आयोगमा पदाधिकारीले आज सपथ ग्रहण गर्ने कार्यक्रम भएको छ । अध्यक्ष विष्णुप्रसाद नेपाल र सदस्य कल्पना लम्सालले आज सपथ लिँदै छन् ।
मुख्यमन्त्री संयाेजक रहेकाे समितले अध्यक्षमा स्याङ्जाका नेपाल र सदस्यमा तनहुँकी लम्सालको नाम सिफारिस गरेको हो । सिफारिस समितिमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता छन् । आयाेग ३ सदस्यीय हुने भए पनि १ जनाको नाम भने सिफारिस भएको छैन ।
समितिको सिफारिसका आधारमा प्रदेश प्रमुखले आयोगका अध्यक्ष र सदस्य नियुक्त गर्ने प्रावधान छ ।
उच्च अदालत पाेखराका मुख्य न्यायाधीश रमेश पाेख्रेलले प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहितकाे उपस्थितिमा आज बिहान पाैने ११ बजे प्रदेश नीति तथा योजना आयोगको हलमा सपथ खुवाउने कार्यक्रम तय भएको छ ।
मुख्य न्यायाधीशले अध्यक्षलाई र त्यसपछि अध्यक्षले सदस्यलाई सपथ खुवाउनुपर्ने कानुनी प्रावधान छ ।
Related News
सम्बन्धित समाचार
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
hero news full width
मुख्य समाचार
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१