पोखरा । नेपाली कांग्रेसको प्रवासस्थित निकाय नेपाली जनसम्पर्क समिति कतारको पाँचौ राष्ट्रिय अधिवेशनले सभापतिमा मोहम्मद अजिज अलीलाई निर्विरोध चयन गरेको छ । अलिको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । स्याङ्जा घर भई लामो समयदेखि कतारमा कार्यरत अली विद्यार्थी कालदेखि नै नेपाली कांग्रेसको सक्रिय राजनीतिमा छन् ।
भर्चुअल जुममार्फत गरिएको अधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका उपसभापति पूर्र्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले जनसम्पर्क समिति कतारले विश्वव्यापी फैलिएको कोभिड १९ को प्रतिकूल अवस्थामा पनि प्रविधिमार्फत अधिवेशन भव्य रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको भन्दै अन्य जनसम्पर्क समितिले पनि यी विधिबाट यथाशक्य अधिवेशन गर्न सुझाए ।
कार्यक्रममा महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी, केन्द्रीय सदस्य एनपी साउद, नेपाली राजदुताबास कतारका द्वितीय सचिव प्रवीन भट्टराई, जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले बोलेका थिए ।
कार्यक्रममा नेपाली दुताबासका दित्तीय सचिवले बर्तमान कोभिड १९ को अवस्था कतार सरकार र स्वास्थ्य संगठनको निर्देशित कानुनको दायरामा रहेर नेपाली समुदायले आफ्ना गतिबिधि गर्नु पर्नेछ भन्दै जनसम्पर्क समितिले त्यहि दायरामा रहेर आफ्नो अधिवेशन गर्न सफल भएकोमा खुशी व्यक्त गरेका थिए ।
जनसम्पर्क समिति कतारका अधिवेशन प्रतिनिधिहरु र विश्वभरिका जनसम्पर्क समितिका सभापतिहरु दोहाका बैचारिक संस्थाका प्रमुख एनआरएनए आइसीसी र एनसीसी पत्रकार महासंघ र सामाजिक संस्थाका प्रमुखहरु भर्चुअल कार्यक्रममा जोडिएका थिए ।
अधिवेशनबाट उपसभापतिहरु ठाकुरकुमार परियार, रामकुमार मण्डल र अर्जुन चापागार्इं महामन्त्रीमा केदार भुसाल र अबु अली सहमहामन्त्रीमा भोजबहादुर साउद र खगेन्द्र खनाल कोषाध्यक्षमा केदार शर्मा सहकोषाध्यक्षमा महेश्वर मण्डल निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरु शिवराज गौतम, रामेश्वर मण्डल, छबिलाल भट्टराई, तिलकराम घिमिरे, अनुप जोरा, वाहिद अली, दीपजंग शाह, कृष्ण पन्थी, मो. इन्दाज आलम, वसन्तराज पुरी, प्रेम चलाउने, रामु रेग्मी, कलाउद्दीन नदाफ र इसिलाल पण्डित छन् । अधिवेसनबाट प्रदेश नम्बर २ को संयोजक शेख हनिफ मिया, प्रदेश ३ को संयोजक डेगबहादुर भारती, गण्डकी प्रदेशको संयोजक विकाश भुजेल, प्रदेशको संयोजक कृष्ण शाह ७ को संयोजक नरेश जैसी चयन भए ।
अधिवेशनले नेपाली कांग्रेसको १४ आंै महाधिवेशनका लागि ३ महासमिति सदस्य र ४ महाधिवेशन प्रतिनिधिहरु पनि निर्वाचित गरेको छ । सभापति अजिज अली (पदेन) स्याङ्गजासहित संस्थापक सभापति नरेन्द्र भाट (डडेल्धुरा) र संस्थापक महामन्त्री विमल सुवेदी (कास्की) महासमिति सदस्य छन् भने महाधिवेशन प्रतिनिधिहरु क्रान्ति सिंह (अर्घाखाँची), शंकर न्यौपाने (पाल्पा), प्रविन गुरुङ (चितवन) र राजु रेग्मी (बागलुङ) छन् ।
समितिका कार्यवाहक सभापति शंकर न्यौपानेको अध्यक्षतामा भएको राष्ट्रिय अधिवेशनको उद्घाटन सत्र महामन्त्री अजिज अलीले सञ्चालन गरेका थिए । बन्द सत्र नेपाली कांग्रेसको केन्द्रीय जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई र केन्द्रीय प्रतिनिधि भुवानीप्रसाद तिमिल्सिनाको रोहोबरमा भएको थियो । निर्वाचन समिति संयोजक धनबहादुर बलायरले प्रमाणपत्र प्रदान गरी सपथ ग्रहण गराएका थिए ।
Related News
सम्बन्धित समाचार
कास्की आदर्श सेवा समाज, अन्तर्राष्ट्रिय समन्वय परिषदमा शिव बानियाँ
बंगलादेशी प्रधानमन्त्री हसिनाले छाडिन् देश, अन्तरिम सरकार बनाउने घोषणा
प्रवासी नेपाली मञ्च युके साउथ वेस्टमा प्रमिश
कतारमा भलिबल, कास्की आदर्श समाजलाई उपाधि
वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ कास्कीमा सुजन श्रेष्ठ
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१