पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले विश्व बजारसँग प्रतिष्पर्धा गर्ने खालको पर्यटन व्यवसाय आवश्यक रहेको बताएका छन् । नेपाल एसोसिएसन टुर एन्ड टाभल्स एजेन्ट्स (नाट्टा) गण्डकीको २६ औं साधारण सभाको उद्घाटन कार्यक्रममा मन्त्री लम्सालले अबको पर्यटन गुजारा चलाउने खालको नभई नयाँ सम्भावनाको खोजी गरेर प्रतिष्पर्धात्मक रुपमा अघि बढ्ने खालको हुनुपर्ने बताएका हुन् ।
उनले सरकारसँग गुनासो गरेर मात्र नभइ आफ्नो क्षेत्रमा दक्षजनशक्ति तयार गरेर सेवा दिन पर्यटन व्यवसायीलाई आग्रह गरे । उनले भने, ‘अब सरकारसँग गुनासो गर्ने तिर मात्र नलाग्नुस, यस क्षेत्रमा दक्ष जनशक्तिको निकै अभाव छ, पर्यटकलाई कसरी उत्कृष्ट सेवा दिएर खुसी बनाउन सकिनछ त्यता तिर जुट्नुस् ।’ उनले व्यवसायीलाई सहयोग गर्न सरकार तयार रहेको बताए ।
पोखरा प्रकृति संस्कृति र साहसिक गतिविधिको हब भएकाले पर्यटनको दीर्घकालीन विकासका लागि प्रदेश सरकारले योजनावद्ध विकास कार्यक्रम तय गरेको उनको भनाइ थियो । उनले आन्तरिक उडानबाट पर्यटन प्रवद्र्धन साथै पूर्वाधार विकासमा पनि सरकारले तयारी गरेको बताए । ‘हामी व्यवस्थित योजनाको लागि गृहकार्यमा छौ, नीजि क्षेत्रसँग सहकार्य र समन्वय गरेर अघि बढ्छौं ।’ पर्यटन क्षेत्रलाई व्यवस्थित गराउन व्यवसायी बीचको एकता पनि आवश्यक रहेको औल्याउँदै एकीकृत तथ्यांकका लागि व्यवसायीले सही सूचना दिन नखोजेको बताए ।
‘वार्षिक १० लाख पर्यटक आउँछन् भन्ने अनुमान छ तर सही सूचना लिन अझै समस्या छ । व्यवसायीले नै पर्यटकको सही सूचना दिन आनकानी गर्छन्,’ मन्त्री लम्सालले श्रममा जोडिएर सरकारलाई नछली नढाँटी वैधानिक बाटोबाट अघि बढ्ने सके समृद्धि हासिल हुने कुरामा जोड दिए ।
विसं २०३५ सालमा सरकारले पर्यटन नीति ल्याएर अघि बढेको र संघीय पर्यटन ऐन आएपछि सो ऐनसँग नबाझिने गरी प्रदेश सरकारले पर्यटन नीति ल्याउने तयारीमा रहेको उनको भनाइ थियो ।
कार्यक्रममा नाट्टा केन्द्रीय अध्यक्ष अच्युत गुरागाईंले कोभिड– १९ को कारण द्वन्द्वको समयमा भन्दा बढी पीडा व्यवसायीले खेपिरहेको जनाउँदै सरकारले पर्यटनमैत्री नीति बनाएर व्यवसायीलाई साथ दिन आग्रह गरे ।
लुम्बिनी विकास कोषका सद्भावनादूत एव मायादेवी सुत्केरी मार्गका परिकल्पनाकार विक्रम पाण्डेले लुम्बिनीको इतिहासलाई उघारेर अन्तर्राष्ट्रिय बजारमा प्रचार प्रसारको काम गरिएको बताए । उनले वृहत योजना सहित दीर्घकालीन विकासमा लागेको जनाउँदै लुम्बिनीमा स्वर्ण युगको सुरुआत भएको र लुम्बिनीको विकाससँगै पोखराको पर्यटनमा थप विकास हुने भनाइ राखे ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भटटराईले कोभिडपछिको विषम परिस्थितीमा पर्यटन प्रवद्र्धनका लागि सरकारले ठोस कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिए । उनले कम्पनी रजिस्ट्रारको कार्यलय प्रदेशमा नहुँदा व्यवसायीले झझट व्यहोरीरहेको तर्फ पनि मन्त्रीको ध्यानाकर्षण गराए ।
नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा सुरक्षित र खुला छ भन्ने सन्देशसहित संस्थाले आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रम सहित छिमेकी जिल्ला भ्रमणबाट सुरुआत गरेको बताए । उनले पोखरा र नेपालगञ्ज हवाइ उडानबाट जोड्न पनि नाट्टा सफल भएको जनाउँदै सरकारले साथ दिए निजी क्षेत्र पर्यटन प्रवद्र्धन गरेर अघि बढ्न सक्ने धारणा राखे ।
कार्यक्रममा नाट्टा प्रदेश १ का अध्यक्ष उदय श्रेष्ठ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर), पूर्वअध्यक्ष अध्यक्ष ओम पाण्डे, बारपाक सुलीकोट गाउँपालिकाका उपप्रमुख सनमाया गुरुङ लगायतले पर्यटन क्षेत्रका सम्भाव्यता, चुनौती आगामी योजनाका बारेमा क्षेत्रगत धारणा राखेका थिए ।
उक्त अवसरमा मनहरा सिग्देल स्मृति पुरस्कारबाट संस्थाका कर्मचारी देवराज देवकोटालाई नगद १० हजार र संस्थागत योगदान सहित विभिन्न जिम्मेवारी पूरा गरेका सदस्यलाई संस्थाले सम्मान गरेको संस्थाका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरिराम अधिकारीले जानकारी दिए । कार्यक्रममा संस्थाका महासचिव कमला गिरीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१