स्याङ्जा । स्याङ्जा साहित्य प्रतिष्ठानले विभिन्न व्यक्तिको सम्मान तथा साहित्यिक कार्यक्रम गरेको छ । त्रिभुवन बहुमुखी क्याम्पसको सहजीकरणमा स्याङ्जामा भएको कार्यक्रममा देशभरका विभिन्न ठाउँहरूबाट प्राज्ञिक तथा साहित्यिक व्यक्तित्वहरुको उल्लेख्य सहभागिता छ ।
कार्यक्रममा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्याएकोमा यानीति साहित्य पुरस्कारबाट सहप्राध्यापक डा नेत्रप्रसाद न्यौपाने, कालीगण्डकी कला साहित्य पुरस्कारबाट प्राडा मोतीलाल पराजुली, आमा सुमित्रा गिरी साहित्य पुरस्कारबाट उपप्राध्यापक टंकप्रसाद पन्थ सम्मानित भए ।
त्यस्तै वातावरण र पर्यावरणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएमा युवा वातावरणविद् मित्र पाण्डेलाई पनि सम्मान गरियो ।
दुई दिनसम्म चल्ने सो कार्यक्रमको पहिलो दिन साहित्यकार त्रिभुवन शर्माको ‘फूलपाती’ र मुक्तिप्रसाद घर्तीको ‘अतीतको सम्झना’ नामक कृतिको विमोचन गरिएको थियो । सो अवसरमा कवि सर्जकले रचना वाचन गरे ।
कार्यक्रममा प्राडा विष्णुप्रसाद पौडेलले साहित्यलाई संख्यात्मकभन्दा पनि गुणात्मक ढंगले माथि उठाउनुपर्ने बताए । प्राडा मोतीलाल पराजुलीले आफूले लोकसाहित्यको अनुसन्धान सुरु गर्दा निकै कठिन यात्रा गर्नुपरेको भए तापनि आज लोकसाहित्यमा २० वटा भन्दा बढी विद्यावारिधि तहका अनुसन्धान सम्पन्न भइसकेको र बाटो धेरै सुगम बनिसकेकोमा आफूलाई गौरवबोध भएको बताए ।
प्राध्यापक हुमाकान्त पाण्डेले वास्तविक साहित्य चिनेर त्यसको मर्म अनुसार स्रष्टाहरू अगाडि बढ्नुपर्ने बताए ।
स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विश्वप्रेम अधिकारीले आफूहरुले विद्यार्थीकालमा बनारसमै छँदाबाट साहित्यक सिर्जनाको प्रयास गरेर आजसम्म त्यसैमा जीवन समर्पण गरेको धारणा राखे ।
स्याङ्जा साहित्य प्रतिष्ठान अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव बाबवुकुमार सिग्देल र सञ्चालन स्याङ्जा प्रतिष्ठानका कोषाध्यक्ष रवीन केसीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
hero news full width
मुख्य समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
फागुन ४, २०८१गायिका समीक्षा अधिकारी सम्मानित
फागुन ४, २०८१बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१