पोखरा : गण्डकी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोग अध्यक्षमा स्याङ्जाका विष्णुप्रसाद नेपाललाई नियुक्त गरेको छ । आयोग अध्यक्षलाई आइतबार सपथ खुवाउने कार्यक्रम तय गरिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
प्रदेश सरकारको प्रमुख सचिवबाट चैत २ गतेबाट उमेर हदका कारण अवकाश पाएका नेपाललाई गण्डकी सरकारले अध्यक्षमा नियुक्त गरेको हो । सदस्यमा कल्पना लम्सालकाे नाम सिफारिस भएकाे छ । उनी दमाैलीकाे आदिकवि भानुभक्त वहुमुखी क्याम्पस उपप्रमुख हुन् । अर्काे १ सदस्यकाे भने नाम सार्वजनिक गरिएकाे छैन ।
आयोगको अध्यक्ष र सदस्यको नियुक्तिका लागि मुख्यमन्त्रीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति रहने कानुनी प्रावधान छ । जसमा प्रदेश सभाका सभामुख र प्रदेश सभाको विपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ । यही समितिले अध्यक्षमा नेपालको नाम सिफारिस गरेको हो ।
३ सदस्यीय आयोगमा अध्यक्ष वा सदस्यमध्ये कम्तीमा १ जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ । आयोग बढीमा ३ सदस्यीय रहनेछ । अध्यक्ष र सदस्यकाे पदावधि ६ वर्ष हुन्छ ।
प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेशको अन्य सरकारी सेवा, प्रदेश संगसठत संस्थाको सेवा, स्थानीय सरकारी सेवा, तथा स्थानीय तहको संगठित संस्थाको पदमा उपयुक्त उम्मेदवार छनोटमा स्वच्छता तथा निश्पक्षता कायम गरी योग्यत प्रणालीलाई प्रवद्र्धन गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी बनाउन प्रदेश लोकसेवा आयोग गठन भएको हो ।
Related News
सम्बन्धित समाचार
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१