गलकोट समाज पोखरामा खड्क

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७७
galkot

पोखरा, १ चैत । गलकोट समाज पोखराको सातौं साधारणसभा तथा चौथो अधिवेशनले खड्कबहादुर थापाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ ।

समाजको महिला उपाध्यक्षमा राधिका खत्री, उपाध्यक्ष कृष्णबहादुर खत्री, सचिव गणेशबहादुर खत्री, कोषाध्यक्ष खिमबहादुर थापा र सहसचिव धनबहादुर परियार चुनिएका छन् ।

सदस्यमा गंगा साहानी, खिमा भण्डारी, धनकुमारी श्रीष, चेतबहादुर भण्डारी, हीराबहादुर खत्री, भेषबहादुर खत्री र दीलबहादुर खड्का चयन भए । आमन्त्रित सदस्यमा पम्फा खत्री र शेरबहादुर खड्का छन् ।

बागलुङ समाज पोखरा अध्यक्ष सुनिल पाण्डेले सामाजिक एकताले नै मानिसको सभ्यता विकास हुँदै आएको बताए । उनले समाजलाई दुःखसुखको साथीसहित पर्यटन प्रवद्र्धन, आपसी सद्भाव अभिवृद्धिको माध्यम बनाउन आग्रह गरे ।

संस्थाका अध्यक्ष मीनबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय गलकोट समाजका अध्यक्ष बेलुकाजी थापा, प्रभु बैंक पोखरा न्युरोडका शाखा प्रबन्धक चेतनारायण गौतम, सल्लाहकार प्राडा भवानी पाण्डे, कृष्णबहादुर खत्री लगायतले बोलेका थिए।

मोहन चन्द राजन संयोजक र नीलप्रसाद श्रेष्ठ र रामप्रसाद पाण्डे सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन गराएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width