पोखरा । तत्कालीन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कास्कीको मातहतमा रहेको पोखरा जल उपयोग (सेती नगर) सिँचाइ प्रणालीको डिसिल्टिङ बेसिन तथा साइट अफिस निर्माण गर्न भनी पोखराको लामाचौरमा ३० वर्षअघि जग्गा अधिग्रहण गरियो । तत्कालीन लामाचौर ९ (हाल पोखरा–१६) गारतारोमा ५१ जनाको नाममा रहेको करिब १ सय ३५ रोपनी जग्गा मुआब्जाको आश्वासनमा कब्जा भयो ।
त्यो समय थियो, २०४७ साल । अहिले ३० वर्ष बितिसकेको छ । तर स्थानीयले अहिलेसम्म मुआब्जा पाएका छैनन् । आफ्नो हकभोगको जग्गा अधिग्रहण गरिएपछि मुआब्जा माग गर्दै उनीहरु अदालतको ढोकासम्म चहारे । तत्कालीन पुनरावेदन हुँदै सर्वोच्चसम्म पुगेको उक्त मुद्दामा अदालतले उनीहरुकै पक्षमा फैसला समेत ग¥यो । तर फैसलाको कार्यान्वयन हुन नसकेकोपछि उनीहरुले २ वर्षअघि संघर्ष समिति नै गठन गरी निरन्तर आन्दोलन गरिरहेका छन् ।
यसैक्रममा गारतारो कसेरी संघर्ष समिति, पोखरा–१६ ले मंगलबार पोखराको भद्रकालीस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीमा धर्ना दिएका छन् ।
‘सर्वोच्चको फैसला कार्यान्वयन गर’, ‘जग्गाधनीलाई न्याय दे’, ‘कब्जा गरिएको जग्गा फिर्ता गर’ लगायत नाराअंकित प्लेकाड बोकेका उनीहरुले १ घण्टा धर्ना दिएर कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
संघर्ष समितिका एक सदस्य धर्मराज थापाका अनुसार संघर्ष समितिले आगामी चैत १७ सम्म माग पूरा गर्न अल्टिमेटम दिएको छ । यदि माग पूरा नभए चैत १८ देखि जग्गा फुकुवा नभएसम्म प्रत्येक बुधबार सेती नहरको पानी बन्द गर्ने, आगामी वैशाख १५ देखि बिहीबारदेखि पूरै सेती नहर सिँचाइ ठप्प पार्ने चेतावनी दिइएको छ ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१