पोखरा । आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका सहसम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिएको छ ।
नेपालको सहकारी अभियानका शीर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको नगद १५ हजारसहितको उक्त सम्मान मंगलबार पोखरामा आयोजित सहकारीमार्फत् आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीका अवसरमा पन्तलाई प्रदान गरिएको हो ।
राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले उक्त पुरस्कारको स्थापना गरेका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फेले पुरस्कृत पन्तलाई नगद १५ हजार, कदरपत्रसहित पुरस्कृत गरेकी हुन् ।
उक्त अवसरमा मन्त्री तुम्बाहाम्फेले पत्रकारहरुले समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान गरिन् । हरेक वर्ष रिलायबल वचत तथा ऋण सहकारी संस्थाको साधारणसभा प्रदान गर्ने गरी स्थापना भएको उक्त सम्मान यस वर्ष पन्तलाई प्रदान गरिएको हो ।
बागलुङ जिल्लालाई कार्यक्षेत्र बनाएर विगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पन्त आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित तथा सञ्चालित धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्शसञ्चार अनलाइनका सहसम्पादक हुन् । केशव बडाल सहकारी सम्मान २०७६ बाट सहकारी पत्रकार समाजका पूर्व अध्यक्ष यादव हुमागाईं सम्मानित गरेका थिए ।
रिलायबल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभामा घोषणा गरिएको पुरस्कार पोखरामा आयोजित कार्यक्रममा प्रदान गरिएको पुरस्कारका संरक्षक ओमदेवी मल्लले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१