श्रीराम सिग्देललाई चलचित्र पत्रकारिता पुरस्कार’

आदर्श समाज सम्वाददाता
फागुन २४, २०७७
chalchitra-puraskar

पोखरा । ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’बाट पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुने भएका छन् । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारहरुमध्येबाट बर्सेनि १ जनालाई प्रदान गर्ने गरि यो पुरस्कार स्थापना गरेको हो ।
लामो समय चलचित्र पत्रकारितामा बिताएका सिग्देललाई पहिलो पुरस्कार प्रदान गर्ने निर्णय भएको संघले जनाएको छ । सिग्देल चलचित्र पत्रकार संघ कास्कीको संस्थापक अध्यक्ष समेत हुन् । फागुन २९ गते संघको साधारणसभाको अवसरमा सिग्देललाई पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ । संघका अनुसार यो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ ।

‘हामीले यो पुरस्कारलाई ऐतिहासिक मानेका छौँ । पहिलोपटक हामीले हाम्रै संस्थाका संस्थापक अध्यक्षलाई पुरस्कृत गर्न पाउँदा हामीलाई अझै बढि खुशी लागेको छ ।’ चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष अरुण गिरीले भने ।
संघले पहिलो पटक प्रदान गर्न लागेको चलचित्र पत्रकारिता पुरस्कारको प्रतिभा छनौटका लागि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको संयोजकत्वमा संघकै निवर्तमान अध्यक्ष रेम बिक र पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेशप्रधान सदस्य रहेको समिति गठन गरेको थियो । सोही छनौट समितिले सिफारिश गरेअनुसार सिग्देललाई पुरस्कार प्रदान गर्ने गरि संघको फागुन १८ गते बसेको कार्यसमिति बैठकले निर्णय गरेको थियो ।

२०५४ सालबाट आदर्श समाज दैनिकबाट पत्रकारिता सुरु गरेका सिग्देल हालसम्म पनि चलचित्र पत्रकारितामा क्रियाशिल छन् । सिग्देलकै नेतृत्वमा २०६० असार २२ गते चलचित्र पत्रकार संघ कास्कीको स्थापना भएको थियो । हाल उनी फेवा पोस्ट साप्ताहिकको सह–सम्पादक हुन् ।

Related News

सम्बन्धित समाचार

  • मिसिङः केटी हराएको सूचना रिलिज

    रासस माघ १२, २०८१
    काठमाडौं । शुक्रबारदेखि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ । गत साता दुई नेपाली चलचित्र…
  • सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी

    विजय नेपाल मंसिर १९, २०८१
    पोखरा । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र क्षेत्रको विकासका लागि विभिन्न विषयलाई प्राथमिकता दिएर दू्रत गतिमा काम…
  • नारायणगोपालको जीवनीमा फिल्म बन्ने

    आदर्श समाज सम्वाददाता कार्तिक २८, २०८१
    पोखरा । ‘स्वरसम्राट नारायणगोपाल’ का लेखक प्रकाश सायमीले नारायणगोपालको जीवनीमा आधारित फिल्म बनाउने घोषणा गरेका छन् । फिल्म निर्देशकसमेत रहेका…
  • ‘अग्निदहन’ यूनिट प्रचारमा

    आदर्श समाज सम्वाददाता कार्तिक २३, २०८१
    पोखरा । आगामी ७ मंसिरदेखि हलमा प्रदर्शन तयारी रहेको नेपाली चलचित्र ‘अग्निदहन’ निर्माण टिम यतिखेर प्रचारमा जुटेको छ । मान्छे…
  • शुक्रबारदेखि फिल्म ‘आँखा’

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    पोखरा । फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र ‘आँखा’ को ट्रेलर सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक…

hero news full width