पोखरा। गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले विगतमा शक्तिशाली पाल्पा अहिले कमजोर बन्दै गएको बताएका छन् ।
पाल्पाली समाज पोखराको शनिबार १८ औं साधारणसभा तथा १० अधिवेशन उद्घाटन समारोहमा मन्त्री चुमानले सो कुरा बताएका हुन् ।
राणाशासनको बेलामा शक्तिशाली क्षेत्रको रुपमा रहेको पाल्पा जुन रुपमा विकास हुनपर्ने थियो अहिले त्यसो हुन नसकेको र कमजोर बनेको उनको भनाइ थियो ।
उनले पाल्पाली समाजले गरेका गतिविधिको अन्यले पनि सिको गर्नुपर्ने सुझाव दिँदै विगतमा पाल्पामा घुमेको स्मरण गरे ।
पूर्व मन्त्री एवं वरिष्ठ उद्योगपति एवं समाजसेवी हरि पाण्डेले पाल्पा जन्मस्थल भएको नाताले आफूले छात्रवृत्ति कार्यक्रम ल्याएको जानकारी दिँदै मातृभूमिको लागि केही न केही गर्नुपर्ने सुझाव दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले हिजोको वैभवशाली पाल्पा पछिल्लो समय एक्लिदै गएको बताउँदै पाल्पाको विकासका लागि समाजको महत्वपूर्ण भूमिका हुने बताए ।
सो अवसरमा समाजको हितमा आ–आफ्नो क्षेत्रमा रहेर योगदान पु¥याएकोमा ७ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा समाजमा सल्लाहकार जनपुकार मुनंकमी, महेश रानाभाट, चन्द्रप्रसाद काफ्ले, श्याम कुँवर, खेम सारु, निवर्तमान अध्यक्ष बावुराम खनाल र पे्रस सल्लाहकार विजय नेपाल छन् ।
सो अवसरमा समाजबाट प्रकाशित पाल्पाली स्मारिका ‘पाल्पाली चौतारो–२०७७’ मन्त्री चुमानले विमोचन गरे । स्मारिका सम्पादक विजय नेपालले स्मारिकामा ४४ जनाको लेखरचनासहित समाजको गतिविधि समेटिएको भन्दै प्रकाशनबारे जानकारी दिएका थिए । श्याम कुँवर संयोजक रहेको स्मारिका प्रकाशन उपसमितिमा सहसंयोजक विजय नेपाल तथा सदस्य खेम सारु, भरत कोइराला, केशव नेपाल र अनिता घिमिरे छन् ।
समाजका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको समारोहमा सम्मानित व्यक्तित्वतर्फबाट जनपुकार मुनंकमी, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार डा. यज्ञमान शाक्य, पूर्व अध्यक्ष जगदीश गौतम, ताराप्रसाद पोखरेल, समाजका संस्थापक सचिव लोकनाथ काफ्ले, सहकारीका कानुनी सल्लाहकार विष्णुप्रसाद लम्सालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले आफ्नो ३ वर्ष कार्यकालमा करिब ६५ कार्यक्रम गरेको जनाउँदै सहयोगीलाई मायाको चिनो प्रदान गरेका थिए ।
स्वागत प्रथम उपाध्यक्ष रेशम थापा रचक र सञ्चालन महासचिव श्रीधर पराजुलीले गरेका थिए । बन्दसत्रमा महासचिव पराजुली र कोषाध्यक्ष सञ्जय आत्रेयले पेस गरेको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
पाल्पाली समाजमा रेशम
पाल्पाली समाज पोखरा अध्यक्षमा रेशम थापा रचक चयन भएका छन् । समाजको निवर्तमान अध्यक्षमा कुलप्रसाद घिमिरे, प्रथम उपाध्यक्ष बालचन्द्र परियार, द्वितीय उपाध्यक्ष श्रीधर पराजुली, तृतीय उपाध्यक्ष अनन्त अधिकारी, महासचिव केशव नेपाल, सचिव सञ्जय आत्रेय, सहसचिव युमाया पचभैया, कोषाध्यक्ष उमा सापकोटा, सहकोषाध्यक्ष गिरिराज पोख्रेल छन् ।
सदस्यमा रेनुका बज्राचार्य, गीतादेवी शर्मा, दामोदर बस्याल, पिताम्बर तिमिल्सिना, पदमप्रसाद पोख्रेल, वर्षा श्रेष्ठ, धनबहादुर झेंडी, सुमन आचार्य, रमेशकुमार पौडेल, सुशीला थापा कुँवर र किरण पाण्डे रहेको निर्वाचन समिति संयोजक नारायणप्रसाद पौडेलले जानकारी दिए । कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । निर्वाचन समिति सदस्यमा ताराप्रसाद पोखरेल र माधवी पाण्डेय थिए ।
Related News
सम्बन्धित समाचार
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
ज्येष्ठ नागरिक समाजबाट सम्मान
प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित
सल्युट गोर्खाको रक्तदान
लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१