ऋषि कट्टेलकाे नेकपा वैधानिक, अ‍ोली- दाहालकाे खाेरज

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७७
ncp

काठमाडौं । ऋषि कट्टेलले नेतृत्व गरेकाे नेपाल कम्युनिस्ट पार्टीलाई सर्वोच्च अदालतलेआधिकारिकता दिएको छ

कट्टेलको रिट निवेदन बमोजिम न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले नेकपाको आधिकारिकता उनलाई दिएको हो ।

यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । अबकाे राजनीतिक माहोल के हुन्छ त्याे भने हेर्न बाँकी नै छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा नेकपा थपेको थियो ।

निर्वाचन आयोगले कट्टेलको मागविपरीत निर्णय गरेपछि उनी अदालत गएका थिए । २०७५ मंसिरमा अदालत पुगेका कट्टेलको मुद्दामाथि दुई वर्षपछि फैसला भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै