नेपालगंज, २२ फागुन । पश्चिमान्चल होटल संघ पोखराको आयोजनामा आन्तरिक पर्यटन पुनःउत्थान तथा पर्यटन प्रवद्र्धन अभियान बाँकेको नेपालगंजबाट सुरु भएको छ ।
कोभिड–१९ का कारण थला परेको पर्यटनलाई पुनर्जिवन दिन यो अभियान सुरु गरिएको संघले जनाएको छ । पूर्वी नेपालका विभिन्न शहरमा झण्डै तीन महिना अघि यस्तो अभियान संचालन गरिएकोमा त्यसैको दोश्रो संस्करणको रुपमा पश्चिम नेपालमा पनि अभियानलाई निरन्तरता दिईएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । नेपालगंजका अतिरिक्त बर्दिया, कंचनपुर र धनगढीमा पनि अभियानका कार्यक्रम हुने छन् । छलफल, अन्तरक्रिया र पत्रकार सम्मेलन अभियान अन्तरगत संचालन हुने संघले जनाएको छ ।
नेपालगंजमा आयोजित कार्यक्रममा बोल्दै क्षेत्रीय होटल संघ नेपालगंजका अध्यक्ष आतिष समशेर राणाले कोभिड–१९ का कारण होटल क्षेत्र ठूलो मारमा परेको स्मरण गराए । समस्या भएपनि ब्यबसाय अगाडि बढाउनुको विकल्प नभएको उनले बताए । यस्तो अवस्थामा पर्यटकलाई मुक्तिनाथ पु¥याउने प्याकेज पोखरा र नेपालगंजका व्यवसायीले संयुक्त रुपमा संचालन गर्न सकिने प्रस्ताव पनि राणाले राखे ।
नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले नेपालगंज–पोखरा ७ फागुनदेखि आरम्भ भएको चारटर्ड उडानलाई निरन्तरता दिने तर्फ सम्बन्धित सबैले ध्यान दिनु पर्ने भनाई राखे । पर्यटन प्रबद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठल २ शहरबीच सुरु भएको हवाई सेवाले सकारात्मक सन्देश दिएको भन्दै यी शहरका व्यवसायी आपसी लाभका लागि हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताए ।
पश्चिमान्चल होटल संघ पोखराका अध्यक्ष तुलाचनले पोखराको पर्यटकीय सेवा सुविधामा भारी छुट प्रदान गरिएको बताउँदै अहिले पोखरा घुम्ने उपयुक्त अवसर भएको बताए । सीमा नाका खोल्ने र हवाई सेवा दिगो बनाउनेतर्फ सरकार निजी क्षेत्र मिलेर अगाडि बढ्नु पर्ने उनले भनाई राखे ।
पश्चिमान्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष एबं होटल संघ नेपालका सदस्य भरतराज पराजुलीले १९ वर्ष अघि सुरु भएको जाउँ है पोखरा अभियानले आन्तरिक पर्यटन प्रबद्र्धनमा सकारात्मक प्रभाव परेको बताए । पर्यटनमा कनेक्टिभिटी महत्वपूर्ण हुने भन्दै पोखरा र नेपालगंजबीचको हवाई सेवा दिगो बनाउनेतर्फ ध्यान दिनु पर्ने बताए ।
कार्यक्रममा नेपालगंज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर, पत्रकार झलक गैह्रे, व्यवसायी चिरन्जिवी ओली लगायतले भनाई राखेका थिए । कार्यक्रमको संचालन पश्चिमान्चल होटल संघ पोखराका महासचिव गणेशराज पहारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
लायन्स आदर्श चौतारीको शिविर
गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
hero news full width
मुख्य समाचार
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१