काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगेका छन्। बिहान नवलपरासीबाट गाडीमा हिँडेका उनी केही बेरअघि काठमाडौं आइपुगेका हुन्।
सुरक्षा गस्तीका साथ काठमाडौं आएका उनी सीधै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
विप्लवले बालुवाटारमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री एवम् सरकारी वार्ता टोलीका संयोजक रामबहादुर थापासँग भेट गर्ने कार्यक्रम रहेको उच्च सुरक्षा स्रोतले बतायो। गृहमन्त्री थापा पनि केहीबेर अघि बालुवाटर प्रवेश गरेका छन्।
आज प्रधानमन्त्री केपी शर्मा ओली र विप्वलले राजधानीको राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ।
दुई पक्षबीच बिहीबार सम्पन्न वार्तामा तीनबुँदे सहमति भएको छ। वर्तमान सरकारले दुई वर्षअघि विप्वलका गतिविधिमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि भूमिगत भएका विप्लव आजै पहिलोपटक सार्वजनिक भएका हुन्।
Related News
सम्बन्धित समाचार
लायन्स आदर्श चौतारीको शिविर
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
हिमालयनलाई वडाध्यक्ष कप
अखण्ड कीर्तनको १७ औं वार्षिकोत्सव
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
hero news full width
मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१