काठमाडौं– नेपालमा पेट्रोलको मूल्य ६ वर्षयताकै उच्च पुगेको छ। नेपाल आयल निगमले गत सोमबार पेट्रोलको मूल्य बढाई प्रतिलिटर ११६ रुपैयाँ कायम गरेको थियो।
२०७१ पुस ४ गते निगमले पेट्रोलको मूल्य ११६ रुपैयाँ प्रतिलिटरका दरले कायम गरेको थियो।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै निगमले पेट्रोल, डिजेको मूल्य बढाइरहेको छ।
डिजेलको मूल्य प्रतिलिटर ९९ सय रुपैयाँ कायम गरिएको छ। यो साढे २ वर्षयताको उच्च हो। यसअघि २०७५ असोज १ मा डिजेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ थियो।
तीन वर्षमा बिक्री उस्तै
पेट्रोलियम बिक्री भने विगत तीन वर्षयताको उस्तै छ। निगमको तथ्यांकअनुसार आव २०७५/०७६ को माघमा पेट्रोल ४३ हजार १३१ किलोलिटर र डिजेल १ लाख ३४ हजार ८० किलोलिटर बिक्री भएको छ।
फागुनमा पेट्रोल ४६ हजार ९०३ किलोलिटर र डिजेल १ लाख ४९ हजार ६५६ किलोलिटर बिक्री भएको थियो।
आव २०७६/०७७ को माघमा पेट्रोल ४७ हजार २९३ किलोलिटर र डिजेल १ लाख ३८ हजार ११ किलोलिटर बिक्री भएको थियो।
सोही वर्ष फागुनमा पेट्रोल ५३ हजार ७६९ किलोलिटर र डिजेल १ लाख ५२ हजार ४८७ किलोलिटर बिक्री भएको निगमको तथ्यांक छ।
चालू आव २०७७÷०७८ माघमा पेट्रोल ५० हजार ७४४ किलोलिटर र डिजेल १ लाख ४४ हजार ८७३ किलोलिटर बिक्री भएको छ। फागुन १५ सम्म पेट्रोल २८ हजार ४७६ किलोलिटर र डिजेल ९२ हजार ६३८ किलोलिटर बिक्री भएको छ।
पेट्रोल–डिजेलको बिक्री बढेको देखिए पनि वार्षिक १० देखि १५ प्रतिशतका दरले खपत बढिरहेको निगमको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
पाक्षिक घाटा एक अर्ब ५४ करोड
नेपाल आयल निगमले पछिल्लो समय भारतको तुलनामा नेपालमा पेट्रोल डिजेल सस्तो भएका कारण भारततर्फ तस्कारी (अपचलन) भइरहेको दाबी गर्दै आएको छ।
भारतको रक्सौल डिपोको तुलनामा नेपालको तराई क्षेत्रमा पेट्रोल प्रतिलिटर ३६ रुपैयाँ र डिजेल ४२ रुपैयाँ सस्तो छ।
पेट्रोल–डिजेललगायतका वस्तुमा निगमले घाटा बेहोरिरहेको दाबी गरेको छ। बिक्री जति बढ्यो त्यति नै बढी घाटा बढ्छ।
सोमबार कायम मूल्यसूचीअनुसार निगमले पाक्षिक एक अर्ब ५४ करोड घाटा बेहोरिरहेको छ।
अपचलन बढेका कारण बिक्री बढ्दा घाटा झन् बढ्ने भन्दै निगमले ७ फागुनमा अपचलन रोक्न मातहतका डिपो तथा कार्यालयलाई निर्देशन दिएको थियो।
निर्देशनमा जर्किन, ड्रममा पेट्रोल डिजेल बिक्री नगर्न र ठूला सवारीका ट्यांकीमा एक पटकमा सय लिटर मात्रै डिजेल उपलब्ध गराउन भनिएको छ।
Related News
सम्बन्धित समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
गायिका समीक्षा अधिकारी सम्मानित
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१