पोखरा । बालुवाटार क्रिकेट क्लब काठमाडौंलाई ४ विकेटले पराजित गर्दै पोखरा सुपर जनरल अन्तरक्लब टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
केएन स्पोर्टस् प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा जारी प्रतियोगितामा जित निकाल्दै ४ अंक साथ समूहमा दोस्रो स्थानमा रहेर पोखरा सेमिफाइनलमा पुगेको हो ।
टस जितर व्याटिङ गरेको बालुवाटारले सोनु तामाङको बिस्फोटक पारीमा १ सय २५ रन जोडेको थियो । १९ बलको समाना गरेको सोनुले ४ छक्का र २ चौका प्रहार गर्दै ३७ रन जोडेका थिए । पारस रावलले पनि ३४ रनको पारी खेले । १ सय २६ रनको लक्ष्य पछ्याएको पोखराका लागि विन्धेश्वरी भाँडा उद्योग म्यान अफ द म्याच विधान श्रेष्ठले ४७ रनको महत्वपूर्ण पारी खेले । उनले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए ।
रिजन प्रजुले २७ रन जोडेर टोलीलाई जिततर्फ अग्रसर पारेका थिए भने सुरुवाती व्याट्सम्यान प्रवीण ढकालले १५ रन बनाए । बालुवाटारका बलर सोनु तामाङले ३ विकेट लिए । पोखराका बलर लालबहादुर अधिकारीले र किरण पौडेल २÷२ तथा दीपेश खत्री र गोविन्द प्रधानले १÷१ विकेट लिन सफल भए । म्यान अफ द म्याच श्रेष्ठलाई पत्रकार विनोद लामिछानेले पुरस्कार प्रदान गरे ।
यसैबीच, बिहीबारदेखि समूह ‘बि’ तर्फको खेल सुरु भएको छ । पहिलो खेलमा पेलिक्याण्ट्स क्रिकेट क्लब तनहुँले बागलुङ क्रिकेट क्लबलाई ८ विकेटले पराजित ग¥यो । बागलुङले १७ ओभरमा सम्पूर्ण विकेट गुमाउँदैमात्रै ४९ रन बनाएकोमा तनहुँले ५ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । खेलमा तनहुँका कमल थापा म्यान अफ द म्याच भए ।
Related News
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सलाई एनपिएल उपाधि
आइसिसी प्रतिनिधि पोखरामा
क्रिकेटरलाई नगद १ लाखसहित सम्मान
महिला क्रिकेट टोली पहिलोपल्ट विश्वकपमा छनोट
दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी पाेखरामा
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१