प्रविधिको प्रयोगबाटै छिटो र सहज सेवा

आदर्श समाज सम्वाददाता
फागुन २०, २०७७
ICT 3

वालिङ । वालिङका नगर प्रमुख दिलीपप्रताप खाँणले सूचना प्रविधिको उच्चतम प्रयोग गरी नागरिकलाई छिटो छरितो र सहज सेवा दिने बताएका छन् । नगरपालिकाका कर्मचारीका लागि आइसिटी सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम उद्घाटनपछि नगर प्रमुख खाँणले सूचना प्रविधिका क्षेत्रमा आएका नयाँ–नयाँ प्रविधिहरुको प्रयोग गर्दै नगरवासीलाई सेवा दिने गरी काम अगाडि बढाइएको बताए ।

‘स्मार्ट सिटीको अवधारणामा वालिङ अगाडि बढीसकेको छ, उक्त लक्ष्य प्राप्तिका लागि जनप्रतिनिधि, कर्मचारी र नागरिकहरु एकजुट हुनुको विकल्प छैन,’ नगर प्रमुख खाँणले भने, ‘लक्ष्य प्राप्तिका लागि हामीले प्रदान गर्ने सेवाहरु पनि प्रविधिमैत्री हुनु आवश्यक छ ।’

नगरपालिकाले निर्माण गरेका एप्लिकेसनहरुको प्रयोग गर्ने तरिकाकाबारेमा अब नगरभित्रका माध्यमिक तहका विद्यालयहरुका विद्यार्थीहरुलाई सिकाउनुका साथै वडा/वडामा स्मार्ट क्लबहरु खोल्ने र आवश्यक तालिम दिएर घर/घरमा प्रयोग गर्ने तरिकाका बारेमा सिकाइने तयारी भइरहेको नगर प्रमुख खाँणले बताए ।

‘गाउँ गाउँमा एप्लिकेसन चलाउन जानेकाहरुले नजानेकाहरुलाई सिकाउँदै जानुहुन्छ,’ प्रमुख खाँणले भने, ‘७० प्रतिशतभन्दा धेरै नागरिकहरुले घरमै बसेर सेवा लिन सक्ने अवस्था पुगेपछि विस्तारै कागजी प्रक्रिया बन्द गरी अनलाइन सर्भिसलाई जोड दिँदै जाने छौं ।’

असम्भव कुरा केही छैन तर असम्भवलाई सम्भव बनाउनका लागि प्रबल इच्छा शक्ति भने आवश्यक हुने नगर प्रमुख खाँणको भनाइ थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले नगरको विकाससँगसँगै सेवाग्राहीलाई छिटो छरितो र सहज ढंगले सेवा उपलब्ध गराउन कर्मचारीहरुलाई निर्देशन दिए । जनप्रतिनिधिले विभिन्न योजनाहरु बनाउने र त्यसको कार्यान्वयनको पक्ष कर्मचारीको भएको हुँदा कर्मचारीहरु जिम्मेवारीपूर्वक कार्य सम्पादन लाग्नुपर्नेमा उनले जोड दिए ।

दुईदिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा विशेष गरी ई–हाजिरी र अनलाइनबाट कर भुक्तानी गर्ने लगायतका विषयमा प्रयोगात्मक कक्षा सञ्चालन हुने सूचना तथा प्रविधि शाखाका प्रमुख प्रकाश अर्यालले बताए ।

नगरपालिकाभित्रका विभिन्न शाखाका प्रमुखसहित कर्मचारीहरु, वडा सचिव, कम्युटर अपरेटरहरुको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा सूचना तथा प्रविधि शाखाका प्रमुख प्रकाश अर्याल तथा कम्प्युटर अपरेटर माधव न्यौपानेले सहजीकरण गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • एनपिएलसँग एनसेलको प्रायोजन सम्झौता

    आदर्श समाज सम्वाददाता मंसिर ५, २०८१
    पोखरा । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)–२०२४ नजिकिँदा एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच साझेदारीको घोषणा भएको छ…
  • पुरुषोत्तम क्यान अध्यक्ष

    आदर्श समाज सम्वाददाता मंसिर ४, २०८१
    पोखरा । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान), कास्कीको १७ औं साधारणसभा तथा १० औं अधिवेशनबाट आगामी नेतृत्वका लागि पुरुषोत्तम कुँवर…
  • क्यान कास्की अध्यक्षमा पुरुषोत्तम कुँवर

    आदर्श समाज सम्वाददाता मंसिर २, २०८१
    पोखरा । सूचना प्रविधिको क्षेत्रमा क्रियाशील संस्था कम्प्युटर एशोसियन नेपाल महासंघ (क्यान), कास्कीको अध्यक्षमा पुरुषोत्तम कुँवर सर्वसम्मत निर्वाचित भएका छन्…
  • इन्ड्राइभ योरपेस प्रशिक्षणका विजेतालाई इ–स्कुटर

    आदर्श समाज सम्वाददाता असाेज १२, २०८१
    काठमाडौं । ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेतालाई २ वटा ईभी स्कुटर हस्तान्तरण गरेको छ…
  • एनसेलले दियो पलेशालाई १० लाख

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८१
    काठमाडौं । एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक…

hero news full width