पोखरा । १५ औं पोखरा म्याराथन अन्तर्गत शनिबार फरक क्षमता भएकाबीच दौड हुँदैछ । महिला पुरुष दुवै विधामा ह्वीलचियर र दृष्टिविहीन दौडको अन्तिम तयारी पूरा भएको शनिबार पत्रकार सम्मेलनमा आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले जनायो ।
दृष्टिविहीनतर्फ १२ महिला र ३३ पुरुषले नाम दर्ता गरेका छन् भने ह्वीलचियरतर्फ १५ जना भन्दा बढीले नाम दर्ता गरिसकेको मञ्च अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । दुवै विधामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ७, ५ र ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
मञ्चले १० किमी पुरुष/महिला दौड तथा ५ किमी छात्रछात्रा दौडको रुट परिवर्तन गरेको छ । चैत १४ मा हुने १० किमी पुरुष÷महिला दौड पोखरा रंगशालाबाट सुरु भएर पृथ्वीचोक, मुस्ताङचोक, सहिदचोक, लेकसाइड, हल्लनचोक, जरेवर, जिरो किमी, सिर्जनाचोक, सभागृहचोक, न्यूरोडहुँदै मानवअधिकार चोक पुगेर समापन हुनेछ । सो विधामा दौड पूरा गर्ने महिलातर्फ १ सय र पुरुषतर्फ २ सय जना धावकलाई मेडल प्रदान गरिनेछ ।
पोखरा म्याराथनअन्तर्गत आगामी वैशाख ४ मा हुने ५ किमी छात्र÷छात्रा दौडको रुट पोखरा रंगशाला, पृथ्वीचोक, सभागृह चोक, न्यूरोड, बिपीचोक, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै पोखरा रंगशालासम्म कायम गरिएको छ । सो दौड पूरा गर्ने २ सय छात्रा र ३ सय छात्रलाई मेडल दिइने अध्यक्ष गुरुङले बताए ।
कोरोना महामारीको कारण आयोजकले सुरुआतमा स्थगित गर्ने भनिएको ‘रन फर फन’ वैशाख ४ मै हुनेछ । सिटी म्याराथनको अवधारणालाई विश्व मानचित्रमा परिचित गराउन अन्ततः यस वर्ष पनि निरन्तरता दिइएको मञ्च अध्यक्ष गुरुङले बताए ।
यसअघि, फागुन १ मा म्याराथन (४२.१९५ किमी) र हाफ म्याराथन (२१ किमी) भएको हो । म्याराथनमा आर्मीका राजन रोकाया र हाफ म्याराथनमा पुलिस क्लबकी राजपुरा पछाईंले उपाधि जितेकी थिइन् ।
प्रतियोगिताको मुख्य प्रायोजक सुजल डेरीको उत्पादन सफल दूध हो ।
पोखरेली मञ्च युकेको सहयोग
पोखरेली मञ्च यूकेले पोखरा म्याराथनका लागि ५ लाख ३० हजार सहयोग गरेको छ । पोखरेली मञ्च यूकेका कोषाध्यक्ष कमल गुरुङले सो बराबरको चेक भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेजबहादुर गुरुङलाई बिहीबार हस्तान्तरण गरे ।
कोषाध्यक्ष गुरुङले पोखरा म्याराथनलाई सहयोग गर्नु सबैका लागि गौरवको विषय भएको बताउँदै म्याराथनलाई पोखरेलीले अपनत्व प्राप्त गरेको सफल कार्यक्रममध्येको एक भएको उल्लेख गरे ।
पोखरेली मञ्च यूके अध्यक्ष मानप्रसाद गुरुङले पोखरा म्याराथनमा उपस्थित हुन नसके पनि रकम संकलनका लागि पूर्व राष्ट्रिय महिला भलिबल खेलाडी मञ्जु गुरुङ राईको संयोजकत्वमा अर्थ संकलन समिति गठन गरिएको बताए ।
Related News
सम्बन्धित समाचार
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
आहारारामा को होला च्याम्पियन ?
पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१