लमजुङ । यहाँ एक आश्रम भवन निर्माणका लागि मानव सेवा आश्रमका प्रमुख संरक्षक गोविन्द टन्डन, केन्द्रीय अध्यक्ष रामजी अधिकारी, पूर्व मिस नेपाल शृङ्खला खतिवडालगायत प्राविधिक टोलीले स्थलगत अध्ययन तथा अवलोकन गरेको छ । बेँसीशहर नगरपालिका–९ पाखाथोक बालसपना समाजले उपलब्ध गराएको पाँच रोपनी जग्गामा निर्माण हुने मानव सेवा आश्रमको लागि आज उनीहरुले स्थलगत अध्ययन तथा अवलोकन गरेका हुन् ।
सो अवसरमा आश्रमका प्रमुख संरक्षक टन्डनले मानवीयताले गर्ने सबैभन्दा ठूलो काम मानवीय सेवा रहेको बताए। समुदायस्तरमा भएका सङ्घसंस्था, सर्वसाधारण सबै मिलेर अघि बढेमा आश्रम भवन निर्माण गर्न सहज हुने उनको भनाइ छ । आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले भने, “नेपाललाई विसं २०८२ सम्म सडक मानवमुक्त घोषणा गर्ने भनिए पनि सोभन्दा अघि नै विसं २०७८ फागुनसम्म घोषणा गर्ने गरी अघि बढिरहेका छौँ ।’’ लमजुङलाई जिल्लालाई सो भन्दा अघि नै सडकमा नवमुक्त घोषणा गर्न लागेको उनको भनाइ छ । आश्रम निर्माणका लागि अर्थ सङ्कलन गर्ने उद्देश्यले चाँडै महायज्ञ आयोजना गरिने बताइएको छ।
मानवसेवा निर्माण हुने स्थानको अवलोकन गर्नुहुँदै पुर्व मिस नेपाललगायत ।तस्वीरः जनक श्रेष्ठ
इन्जिनीयर तथा पूर्व मिस नेपाल खतिवडा स्थलगत अवलोकन गरेपछि यहाँ आश्रम भवन निर्माणको लागि चाँडै नक्शा निर्माण गर्ने बताइन्। जिल्लाकै नमूना तथा परम्परागत रुपमा आश्रम बनाउन भूमिका निर्वाह गर्ने उनको भनाइ छ । नगरप्रमुख गुमानसिंह अर्याल, वडाध्यक्ष शरद बराललगायतले यहाँ आश्रम भवन निर्माणका लागि आ–आफ्नो भूमिका तथा तहबाट विभिन्न सहयोग गर्ने बताए।
आश्रमकी संयोजक अनिता अधिकारीले यस भवन निर्माणका लागि नक्सा तयार गर्नेदेखि आसपासमा विभिन्न संरचना तयार पूर्व मिस नेपाल खतिवडाले गर्ने बताइन्। आश्रममा १०० जना सडक मानव अट्ने भवन, शौचालय, कार्यालयदेखि विभिन्न संरचना निर्माण गर्ने आश्रमले जनाएको छ । आश्रमका अनुसार त्यस्तै यस आश्रम परिसरमा बाल सपना समाजसँग समन्वय गर्दै आश्रमले बाल उद्यान, ज्येष्ठ नागरिक आश्रम, ब्यायमशाला, उपचार कक्षलगायतका संरचना निर्माण गर्ने भएको छ ।
लमजुङको बेँसीशहर नगरपालिका– ७, मानवसेवा आश्रममा आश्रित ३२ जना मानवलाई मङ्गलबार रातिको खाना दिँदै पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा । तस्बिरः जनक श्रेष्ठ
आश्रम निर्माणका लागि गत मङ्सिर १७ गते बाल सपना समाज लमजुङले निःशुल्क पाँच रोपनी जग्गा प्रदान गरेको थियो । समाजको नाममा रहेको १३ रोपनी जग्गामध्ये पाँच रोपनी जग्गा सरकारी मूल्यअनुसार रु एक करोड ६८ लाख छ हजारबराबरको जग्गा आश्रमलाई निःशुल्क उपलब्ध गराइएको समाजका अध्यक्ष बालकृष्ण बरालले बताए।
गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आश्रमको भवन निर्माणका लागि यस चालू आर्थिक वर्षमा रु ५० लाख विनियोजित गरेको आश्रमले जनाएको छ । यस आश्रम २०७३ चैत १२ गते छैटौं शाखाका रुपमा यस नगरपालिका–७ हाइस्कुल चोकमा एक स्थानीयवासीको घर भाडामा लिएर आश्रम सञ्चालन गर्दै आएको छ । यस आश्रममा हाल ३२ जना बेवारिसे सडक मानवले आश्रय लिइरहेका छन् ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
hero news full width
मुख्य समाचार
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१