विप्लव समूहसँग वार्ताको तयारी

rss रासस
फागुन १७, २०७७
biplab

काठमाडौँ, १८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको तयारी गरिरहेको बताउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले सो समूहलाई वार्तामा आउन आह्वान गरिरहेको र वार्तामा आउने तयारी भइरहेको बताउनुभएको हो ।

“सो समूहको नेतृत्वको पार्टी शान्तिपूर्ण बाटोमा आउने प्रक्रियामा छ, वार्ता नजिक नजिक भइरहेको छ”, सरकारका प्रवक्ता गुरुङले भन्नुभयो, “वार्ताको टुङ्गो लाग्नेछ, प्रधानमन्त्रीले वार्ताका लागि आह्वान गरिरहनुभएको छ ।” उहाँले प्रधानमन्त्रीको आह्वानअनुरुप वार्ताको वातावरण अघि बढेको आफूले अनुभूति गर्न पाइरहेको उल्लेख गर्दै भन्नुभयो, “वार्ता सफल होस्, म पुनः शान्तिपूर्ण बाटोमा आउन आह्वान गर्दछु, शान्तिपूर्ण, सकारात्मक दृष्टिकोणबाट मात्र सामाजिक र राजनीतिक रुपान्तरणमा जानुपर्छ ।”

प्रधानमन्त्री ओलीले सो समूहलाई वार्ताका लागि आह्वान गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “मुलुकलाई हिंसात्मक बाटोबाट लानुहुँदैन, प्राकृतिक तथा राजनीतिक घटनाका कारण नेपाली समाज पछाडि परेको छ । कुनै पनि हिंसात्मक आन्दोलन नगरौँ भन्ने नेपाल सरकारको आह्वान हो ।” मन्त्री गुरुङले सबैले मिलेर मुलुकको समृद्धिका लागि काम गर्नुपर्ने र त्यसका लागि सरकार सदा वार्तामा बस्नका लागि तयार रहेको पनि स्पष्ट पार्नुभयो ।

सरकारद्वारा प्रतिबन्धित चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सरकारसँग वार्ताका लागि तयार भएपछि सो समूहलाई लगाइएको प्रतिबन्ध हटाउने तयारी भएको छ । सो समूहले वार्ता र संवादका लागि आफ्नो समूह सकारात्मक रहेको सन्देश सरकारलाई पठाइसकेको छ । सरकारले विध्वंशात्मक गतिविधिमा संलग्न रहेको उल्लेख गर्दै उक्त समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सो समूहले भने सरकारलाई औपचारिक रूपमा नै वार्ताको पहल गर्न आग्रह गरिरहेको छ । सो समूहले पहिले प्रतिबन्ध फुकुवा, पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताको रिहाइ गर्न र वार्ताका लागि औपचारिक आह्वान गर्न सरकारसँग आग्रह गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

    • अधिकांश स्थानीय सरकार दमकलविहीन

      rss रासस वैशाख १०, २०७८
      गलकोट । गत मङ्सिर १६ गते बागलुङ बजारको अस्मिता कपास उद्योगमा आगलागी भयो । आगलागी हुँनासाथ बजारको दमकललाई खबर गरियो…
    • सबै जातजाति र समुदायको खानाको परिकार अध्ययन

      rss रासस वैशाख १०, २०७८
      काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले पर्यटन उद्योगमा सीपयुक्त दक्ष मानव संशाधन उत्पादन गर्ने अग्रणी संस्थाको परिचय…
    • पत्रकार महासंघ स्याङ्जामा सपथ तथा पदस्थापन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख १०, २०७८
      स्याङ्जा । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको पाँचौं अधिवेशनवाट निर्वाचित पदाधिकारी तथा सदस्यको सपथ तथा पदस्थापन बुधबार भएको छ ।…
    • गोली हानी छिमेकीको हत्या

      rss रासस वैशाख १०, २०७८
      ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ…
    • कोरोना महामारीः प्रदेश तात्यो, महानगर सुस्त

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ वैशाख १०, २०७८
      पोखरा । पछिल्लो समय कोरोना संक्रमणको दोस्रो भेरियन्ट दर दिनानुदिन बढ्दै छ । पोखरामा मात्र पनि दैनिक सयको हाराहारीमा संक्रमित…

    hero news full width

    sanil ads

    wordlink ads

    Recent Posts

    भर्खरै