पोखरा । विधान स्पोर्ट्स हाउस वालिङ स्याङ्जाले स्वर्गीय महेश खड्का स्मृति कप क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
आइतबार भएको फाइनलमा विधान स्पोर्ट्स हाउस वालिङ स्याङ्जाले गल्कोट बागलुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
एकपक्षीय खेलमा विधान स्पोर्ट्सले २५–२०, २५–१८ र २५–२२ को सहज जित निकाल्दै विधान स्पोर्ट्स हाउस पुरुषतर्फ च्याम्पियन बनेको हो । शनिबार भएको फाइनल खेलमा चौथो सेट चलिरहँदा वर्षाका कारण खेल रोकिएपछि आइतबार फाइनल खेल भएको आयोजक युनाइटेड पोखरा क्लब कास्कीका अध्यक्ष अनिल गुरुङले जानकारी दिए । शनिबार भएको खेलमा गल्कोट बाग्लुङले २ तथा विधान स्पोर्ट्स हाउसले १ सेट जितेको थियो । चौथाें सेटमा चल्दै गर्दा वर्षा भएपछि फाइनल खेल आइतबार सुरुबाटै खेलाइएको हो ।
शनिबार भएको महिलातर्फ फाइनल खेलमा यजु युथ क्लबलाई हराउँदै अर्चलबोट विजेता बनेको छ । ३–० को सोझो सेटले अर्चलबोटले यजु युथ क्लबलाई पराजित गर्दै उपाधि जित्न सफलको थियो । पुरुष तर्फ विजेता बनेको विधान स्पोर्ट्सले ८० हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे । दोस्रो भएको गल्कोट बागलुङले ५० हजार हातमा चित्त बुझाउनुप¥यो । महिलाको विजेता अर्चलबोटले २५ हजार र उपविजेता यजु युथ क्लबले १५ हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे ।
तियोगितामा विधानका घनश्याम चौधरी पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले नगद २ हजारसहित ट्रफी प्राप्त गरे । उनी प्रतियोगिताको उत्कृष्ट सर्भर समेत चुनिए । विधानकै रवी सेन्चुरी उत्कृष्ट स्पाइकर, सुजन चोखाल उत्कृष्ट सेटर तथा पारसमान गुरुङ उत्कृष्ट डिफेन्डर घोषित भए । गल्कोटका राजु विक उत्कृष्ट क्विकर तथा गल्कोटकै दीपक मल्ल उत्कृष्ट ब्लकर चुनिए । विधागत रुपमा उत्कृष्टलाई ट्रफी प्रदान गरिएको थियो ।
महिलामा अर्चलबोटकी मनिषा तिलिजा सर्वाेत्कृष्ट खेलाडी बनिन् । उनले नगद १ हजार सहित ट्रफि हात पारिन् । यस्तै सनिशा राना उत्कृष्ट स्पाइकर, मिया पुन उत्कृष्ट सेटर, एसिला रोका उत्कृष्ट सर्भर र लक्ष्मी राना उत्कृष्ट डिफेन्डर चुनिए ।
विजेता खेलाडीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति उपाध्यक्ष नवीनकुमार गुरुङ र स्वर्गीय महेश खड्काका पिता तुलबहादुर खड्काले पुरस्कार वितरण गरेका थिए । फागुन १२ देखि १५ फागुनसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको प्रतियोगितामा पुरुषतर्फ १४ तथा महिलामा ६ टोलीको सहभागिता थियो ।
प्रतियोगिताबाट बचत भएको रकमबाट स्व. महेश खड्काका परिवारलाई नगद २० हजार रुपैयाँ सहयोग गरिएको थियो । क्लबका अध्यक्ष गुरुङले छिट्टै आयव्यय सार्वजनिक गरि बचत भएको रकमबाट केही छुट्याएर वृद्धाश्रम सहयोग गर्ने निर्णय भएको बताए ।
Related News
सम्बन्धित समाचार
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता
हिसानको फुटसल सुरु
अली मियाँ फुटबल जारी
आहा रारामा ११ टिम टुंगो
hero news full width
मुख्य समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१